युमा धर्म र मुन्धुम दर्शन विषयमा अन्तरक्रिया - Sainokhabar
  • शनिबार, बैशाख २५, २०७८

युमा धर्म र मुन्धुम दर्शन विषयमा अन्तरक्रिया

साइनो समचारदाता

इलनम । जिल्लामै पहिलो पटक युमा साम्यो महासभा फाकफोकथुम गाउपालिका वार्ड नम्बर ७ ले युमा धर्म र मुन्धुम दर्शन बिषयक १ दिने अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा युमा साम्यो महासभाका केन्द्रीय अध्यक्ष देवेन्द्र कुमार वनेम, केन्द्रीय उपाध्यक्ष हर्क सुब्बा इजम, केन्द्रीय सचिव भिमसेन लिङ्दम केन्द्रीय सदस्य जगत बहादुर योङहाङ अन्तरक्रियाको सहजिकरण गरेका थिए । कार्यक्रममा जातीय तथा धार्मिक सहिष्णुता कायम गर्दै जन आधारभुत विद्यालयका प्रधानाध्यापक दुर्गा प्रसाद बिष्टले स्वागत मन्तब्य राखेका थिए । सामाजिक संगठनका अध्यक्ष, सचिवहरु पर्यवेक्षकको रुपमा सय बढीको उपस्थिति रहेको थियो । मौलिकतामा आफ्नो जीवन दर्शन देख्ने र आफ्नै सँस्कार र सँस्कृतिमा बाँच्न र मर्न चाहने महान सोच र आफुलाई आफैले बिश्वास गर्ने महान याक्थुङ्बाहरुले अन्तरक्रियाबाट ज्ञानहरु सहभागीहरुले हासिल गरेको युमा साम्यो महासभा सदस्यले दिल आङदेम्बेले बताएका छन् ।

सम्बन्धित खवर