मोरङमा सवारी दुर्घटनाः डाक्टर बाबु र स्टाफ नर्स छोरीको मृत्यु - Sainokhabar
  • मङ्गलबार, फागुन १८, २०७७

मोरङमा सवारी दुर्घटनाः डाक्टर बाबु र स्टाफ नर्स छोरीको मृत्यु

साइनो समचारदाता

विराटनगर । मोरङको बुढीगंगामा आज विहान सवारी दुर्घटना हुदाँ बाबु छोरीको ज्यान गएको छ । बुढीगंगा गाँउपालीका १ स्थित सेन्चुरी मसला उद्योग छेउमा सवारी दुर्घटना भएको थियो ।

विराटनगरबाट दुहवी तर्फ जादै गरेको को १ ख ७२३२ नम्बरको यात्रुबाहक बसले दुहवीबाट विराटनगर तर्फ आँउदै गरेको को २७ प १०२२ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको नेमुवा ट्राफिक प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बुढीगंगा गाउपालिका ५ निवासी ५२ बर्षीय आँखा विशेषज्ञ डा. शुभलाल माझी र उनको छोरी न्यूरो अस्पतालमा कार्यररत स्टार्फ २६ बर्षीया अन्जली कुमारी माझी रहेको नेमुवा ट्राफिक प्रहरी ईन्र्चाज तुलामणी आचार्यले जानकारी दिए । उनीहरुको विराट मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको प्रहरी जनाएको छ । बस चालक धनगडी निवासी ३४ वर्षीय संन्दिप खत्रीलाई मोरङ प्रहरीले नियन्त्रण लिएर अनुन्धान गरिरहेको छ ।

सम्बन्धित खवर