नेकपाले पनि छान्यो उम्मेदवार - Sainokhabar
  • बुधबार, फागुन १९, २०७७

नेकपाले पनि छान्यो उम्मेदवार

साइनो समचारदाता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले उपनिर्वाचनमा उठ्ने पार्टीका उम्मेदवार छानेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको नेकपाको सचिवालयले बैठकले प्रतिनिधि सभा, प्रदेश सभा र उपमहानगरपालिका मेयरका उम्मेदवारको नाम टुङ्ग्याएको हो ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारी अनुसार कास्की २ बाट प्रतिनिधि सभामा विद्या भट्टराई उम्मेदवार बन्ने भएकी छन् । उनी स्वर्गीय नेता रवीन्द्र अधिकारीकी पत्नी हुन् । अधिकारी २०७४ को निर्वाचनमा उक्त क्षेत्रबाट विजयी भएका थिए । बहालवाला मन्त्री रहेका अधिकारीको गत फागुनमा हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो । नेकपाले दाङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश सभा (२) मा विमला वलीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । भक्तपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा देवीप्रसाद ढकाल उम्मेदवार बन्ने भएका छन् । सत्तारुढले बाग्लुङ २ (२) को प्रदेश सभामा राष्ट्रिय जनमोर्चालाई सघाउने निधो गरेको छ ।

सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुखमा प्रकाश राईलाई उम्मेद्वार बनाउने निर्णय पनि सचिवालय बैठकले गरेको छ । बाँकी रहेका गाउँपालिका र वडा तहका उम्मेदवारको टुंगो पार्टीको प्रदेश कमिटीले नेकपाले जनाएको छ ।

सम्बन्धित खवर