सुनकोशी बस दुर्घटनाः १४ जनाको सनाखत, ५२ घाइते - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

सुनकोशी बस दुर्घटनाः १४ जनाको सनाखत, ५२ घाइते

साइनो समचारदाता

सिन्धुपाल्चोक । चालक धनबहादुर तामाङले चलाएको बस सुनकोसी नदीमा खस्दा १७ जनाको मृत्यु भएको छ ।दुर्घटनाबाट १० महिला, एक बालिका, तीन बालक गरी १७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दोलखाको मागा देउरालीबाट काठमाडौं जादै गरेको बा२ख ७२४५ नम्बरको बस आइतबार दिउँसो नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार सनाखत भएकाहरुमा मृत्यु हुनेमा दोलखा जिल्ला शैलुङ–६ की ५२ वर्षीया चेतकुमारी बस्नेत, शैलुङ–४ का छ वर्षीया सलिना तामाङ, शैलुङ–३ का तीन महिनाका बालक रोशन तामाङ, शैलुङ–३ कै २७ वर्षीया चमेली श्रेष्ठ रहेकी छिन् । त्यस्तै ४५ वर्षीया रत्नकुमारी रावत, २९ वर्षीय किरण रावत, २० वर्षीया कविता रावत र १४ वर्षीय निखिल खड्का शैलुङ–५ का रहेका छन् । शैलुङ–४ का १४ वर्षीय दिल लामा, शैलुङ–३ का ३२ वर्षीया निर्मला खड्का, काभ्रेपलाञ्चोक रोशी–४ की पाँच वर्षीया सजिना तामाङ, दोलखाका ७० वर्षीया उरमाया तामाङ र भीमेश्वर नगरपालिका–९ की २४ वर्षीया रञ्जिता केसीको पनि मृत्यु भएको छ । सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी–४ की छ वर्षीया माया श्रेष्ठ र तीन जना बालकको भने पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा प्रविन आलेमगर, बबिता श्रेष्ठ, कोपिला कार्की, हरिमाया थापा, सीमा कार्की, युनिसा खड्का, मनिका खड्का, कमला मोक्तान, डोल्मा तामाङ, श्रीकृष्ण कार्की, शिशिर तामाङ, सुनिता तामाङ, निशा तामाङ, एकरानी कार्की, छत्रकुमारी थापा, सुनिल थापा जीवन खड्का, समीर श्रेष्ठ, मिनकुमार श्रेष्ठ, सङ्गीता श्रेष्ठ, जेनिशा श्रेष्ठ, सदीक्षा कार्की, सुरेश तामाङ, सहनशीला घिसिङ, कौशिला कार्की, शसीता तामाङ, युनिसा तामाङ, रश्मी बस्नेत, सविता थापा, निरक श्रेष्ठ, रविन मोक्तान, निकेश श्रेष्ठ, रञ्जना केसी, सरिता तमाङ, जीतबहादुर खड्का र लोकबहादुर थापा, रोमन तिमल्सिना, विमला तामाङ, दीपा घिसिङ, रोमा घिसिङ, सुजन तामाङ, गोमा श्रेष्ठ र सुकमान विक घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्ये तीन जनाको नाम खुल्न सकेको छैन । दुर्घटनाको पूर्ण विवरण आएको छैन ।

सम्बन्धित खवर