कांग्रेसले पाँचथरमा उम्मेदवारको टुङ्गो लगायो, उपनिर्वाचन कस्ले जित्ला ? - Sainokhabar
  • शनिबार, फागुन १५, २०७७

कांग्रेसले पाँचथरमा उम्मेदवारको टुङ्गो लगायो, उपनिर्वाचन कस्ले जित्ला ?

साइनो समचारदाता

पान्थर । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा नेपाली काङ्ग्रेस जिल्ला समितिले उम्मेदवारको टुङ्गो लगाएको छ ।

बृजहाङ आङ्देम्बे

कांग्रेसले जिल्ला सचिव बृजहाङ आङ्देम्बे फाल्गुनन्द गाउपालिकाको अध्यक्षको उम्मेदवार बनाएको छ । फिदिम नगरपालिका १ मा वडा सभापति शुवराज थापालाई उम्मेदवार बनाउने भएको छ । साविक भारपा गा.बि.स.का पूर्व अध्यक्ष तिलबिक्रम इघिङ्गोलाई हिलिहाङ गाउपालिका ७ मा वडा अध्यक्ष सिफारिस गरेको छ । इघिङ्गो नव प्रवेशी कांंग्रेसी हुन् । कांग्रेस एकएक जनाको उम्मेदवारको नाम सिफारिस गरेकाले सिफारिस नामहरुनै उम्मेदवार हुने पक्का जस्तै भएको छ ।

शुवराज थापा

उपनिर्वाचन हुने स्थानहरु मध्ये फाल्गुनन्द गाउँपालिका र फिदिम नगरपालिका १ मा नेपाली काग्रेसले चुनाव जितेको थियो भने हिलिहाङ ७ मा साविक एमालेले बाजी मारेको थियो । स्थानीय चुनाबमा झै फाल्गुनन्द गाउँपालिका र फिदिम वडा नम्बर १ मा चुनाब चिन्ह रुखले नै चुनाब जित्ला ? वा हिलिहाङ वडा नम्बर ७ मा चुनाब चिन्ह सुर्य चिन्हबाहक उम्मेदवारलै नै जित्ला ? त्यो उप निर्वाचनको नतिजाले नै देखाउला ।

तिलबिक्रम इघिङ्गो

सम्बन्धित खवर