सरकारले जनविरोधी विधेयक ल्याएर जनताको अधिकार खोल्योः देउवा - Sainokhabar
  • शुक्रबार, बैशाख २४, २०७८

सरकारले जनविरोधी विधेयक ल्याएर जनताको अधिकार खोल्योः देउवा

साइनो समचारदाता

भक्तपुर । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले सरकारले एकपछि अर्को जनविरोधी विधेयक ल्याएर जनताको अधिकार खोस्दै गएको बताए । कांग्रेस भक्तपुरले सोमवार आयोजित शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन कार्यक्रममा उनले मुलुक अत्यन्त कठिन अवस्थाबाट गुज्रिरहेको बताए ।

महँगी र करले जनतालाई चाडपर्व मनाउन नै कठिन बन्दै गएको टिप्पणी गर्दै देउवाले कार्यकर्तालाई उपनिर्वाचनमा एकजुट भएर लाग्न निर्देशनसमेत दिए । देउवाले शंखधर साख्वाबाट सिक्न सरकारलाई आग्रह गरे। साख्वाले जनतालाई गरेको योगदानको कदरस्वरुप नेपाल संवतमा उनलाई आदर र सम्मान गर्ने गरेको चर्चा गर्दै देउवाले भने, ‘सरकारले शंखधरको जीवनबाट सिक्नुपर्छ।’ सो अवसरमा देउवाले कांग्रेस भक्तपुरले प्रकाशन गरेको जय नेपाल भक्तपुर स्मारिकाको विमोचनसमेत गरे । मंसिर १४ गते हुन गईरहेको भक्तपुर निर्वाचन क्षेत्र नं. १ (क)को प्रदेशसभा सदस्यको उपनिर्वाचनमा आन्तरिक मतभेदलाई भुलेर एकतावद्ध भएर पार्टीको झण्डा र चुनाव चिन्ह रुख मुनी गोलबन्द हुनुको विकल्प नभएको उनको भनाई छ ।

सम्बन्धित खवर