लक्ष्मी पुजाको दिन अप्रिय घटना घट्यो, बालकको मृत्यु, घर जलेर नष्ट - Sainokhabar
  • आइतबार, बैशाख २६, २०७८

लक्ष्मी पुजाको दिन अप्रिय घटना घट्यो, बालकको मृत्यु, घर जलेर नष्ट

साइनो समचारदाता

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका ५ कोठेबारीमा गए राति लक्ष्मी पुजाको लागि बालिएको दियोबाट आगलागी हुँदा ४ बर्षिय बालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा युवराज गिरीको ४ बर्षीय छोरा युग्सन गिरी रहेका छ्न ।

बाबू युबराज बैदेशिक रोजगारीको लागि बिदेश रहेका छन । आमा लक्ष्मी पुजा गरेर अर्को नानी लिन बाहिर निस्केको बेला टिनको छानो भएको घरमा आगलागी भएर बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । आगलागीबाट सम्पूर्ण घर ध्वस्त भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर