धरान उपमहानगरपालिको उपनिर्वाचनः कांग्रेससहित तीन दलले गर्यो उम्मेदवारको घोषणा, नेकपामा मतभेद कायमै - Sainokhabar
  • शनिबार, बैशाख २५, २०७८

धरान उपमहानगरपालिको उपनिर्वाचनः कांग्रेससहित तीन दलले गर्यो उम्मेदवारको घोषणा, नेकपामा मतभेद कायमै

साइनो समचारदाता

धरान । मंसिर १४ हुने भनिएको धरान उपमहानगरपालिकाको उप निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाहेकका दलले उम्मेदवार घोषणा गरेको छ । धरान उपमहानगरपालिकाको प्रमुख पदमा उपनिर्वाचनमार्फत् पतपुर्ति हुन लागेको हो ।

पछिल्लो पटक संंघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले मञ्चका जिल्ला अध्यक्ष अमर इजमलाई अघि सारेको छ । मञ्चले शनिबार धरानमा पत्रकार सम्मेलन गर्दै मञ्चका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा निर्वाचन परिचालन समिति संयोजक ज्ञानबहादुर गुरुङले पार्टीमा लामो समय योगदान पुर्याएकाले इजमलाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिए । घोषणा गरेसँग मञ्चले चुनाव लक्षित विभिन्न उपसमितिहरु पनि गठन गरेको छ । उम्मेदवार इजमले धरानलाई भ्रष्टचारमुक्त शहर बनाउन र विकासका योजनाहरु समयमा नै पूरा गर्नको लागि उम्मेदवार बनेको बताए । चुनाव जितेमा प्रमुखको हैसियतामा पाउने सुविधा, भत्ता सबै प्रत्येक वडामा विपन्न, असहाय, दलित समुदायलाई वितरण गर्ने घोषणा गरे ।

समाजवादी पार्टीले उपमहानगरपालिका प्रमुख पदमा सर्वसम्मत्ले उम्मेदवारको रुपमा गोर्खा भूपु गजेन्द्र इश्वोलाई अघि उभ्याएको छ । समाजवादी पार्टीको धरान उपमहानगरपालिका समितिको आईतवार बसेको बैठकले इस्वोको नाम अनुमोदन गरेको बताइएको छ । इस्वो समाजवादी पार्टीको लिम्बुवान राष्ट्रिय समितिका सदस्य हुन् । यसअघि पार्टीले सुवासचन्द्र राई, गजेन्द्र इस्बो र ताजुप लिम्बुको नाम केन्द्रिय समितिमा सिफारिस गरेको थियो । इस्बोको नाम टुंगो लागे संगै समाजवादीले निर्वाचन परिचालन समिति गठन गरेको छ । समितिको संयोजकमा शुभचन्द्र राई, सहसंयोजक वीरेश थापा, तेन्जिङ शेर्पा, कृष्ण लिम्बू सहित थप सदस्य राख्ने गरी समिति बनाएको छ । समितिको सचिबमा ताजुप लिम्बू रहेका छन । समितिका अन्य उपसमिति बनाउने नगर अध्यक्ष लिम्बुले बताए । यसैगरि लागि धरान वडा ७ को वडा अध्यक्षको उम्मेदवार भने टुंगो लागेको छैन् । इश्वोले आफू भुपु सैनिक भएकै कारण चुनावी नारा अरुलाई र्हेयौ धेरैपटक भुपुलाई हेरौ यसपटक भन्ने नारा तय गरेको बताए । यसपाली धराने जनताले परिवर्तनको चाहना राखेकोले कांग्रेस र आफ्नो जित हुने उनले बताए । समाजवादी पार्टी पनि निर्वाचन परिचालन कमिटिलाई पूर्णता दिन र वडागतरुपमा भेटघाट गर्दै चुनावी तयारीमा जुटिसकेको छ ।

दोस्रो ठूलो दल नेपाली काँग्रेसल् तिलक राईलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेर सिफारिश गरिसकेको छ । राई यस अघिको स्थानीय चुनाबमा तात्कालिन एमालेका तारा सुब्बासँग पराजित भएका थिए । कांग्रेस सभापति तथा सर्वसम्मत उम्मेदवार सिफारिश भएका राई वडाहरुमा कार्यकर्ता र मतदाता भेटघाटमा जुटिसकेका छन् । नागरिक अगुवा तथा बुद्धिजिविहरुसँग पनि भेटघाट र छलफल गरेर राय, सुझाव लिने काम भइरहेको उनले बताए । पार्टी एकढिक्का भएर लागेकाले भेटघाट र राय, सुझाव लिने काम गरिरहेको उनको भनाई छ ।

यता, सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मा भने कसलाई उम्मेदवारको सिफारिश गर्ने भन्ने सकस छ । पार्टीले कार्तिक १५ गतेभित्र एक महिलासहित ३ जनाको नाम सिफारिश गर्नुपर्नेछ । तर, आकांक्षी धेरै छन् । नेकपाबाट प्रकाश राई, विजय राई, पदम लिम्बू, आइन्द्रबिक्रम बेघा र चोत्लुङ उम्मेदवारको आकांक्षी छन् । गत स्थानीय चुनाबमा आकांक्षी मध्ये बेघा माओवादीबाट उम्मेदवारी थिए । त्यसबेला तेस्रो भएका थिए ।

१३ हजार थपिए मतदाता

२०७४ सालमा सम्पन्न भएको स्थानीय तह निर्वाचनको मतदाताभन्दा धरानमा मात्र १३ हजार बढी मतदाता संख्या थपिएको छ । जिल्ला निर्वाचन कार्यालय सुनसरीले स्थानीय तह निर्वाचन यता धरानमा १३ हजार ५ सय ७१ जना बढी मतदाता थप भएको तथ्याङ्क छ । कार्यालयका अनुसार २०७४ को स्थानीय तह निर्वाचन ताका धरानको मतदाता संख्या ७९ हजार २ सय ८२ थियो । अहिले मतदाता संख्या ९२ हजार ८ सय ५३ पुगेको कार्यालयकी नायब सुब्बा कुमारी आचार्यले बताइन् ।

यस्तो थियो, स्थानीय चुनाब २०७४ को मत परिणाम

२०७४ सालमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा ७९ हजार २ सय ८२ मतदाता मध्ये ५३ हजार ५ सय ४७ मत खसेको थयो । यो कुल प्रतिशतमा ६७.५४ प्रतिशत हो । खसेको मतमध्ये पनि ५२ हजार ४ सय ५४ मत मात्र सदर भएको थियो । सदर मतको प्रतिशत भने ९७.९६ प्रतिशत थियो । खसेको मतमा १०९२ मत वदर भएको थियो । यो वदर मत प्रतिशत २.०४ प्रतिशत हो ।

चुनाबमा तत्कालिन एमालेका उम्मेदवार तारा सुब्बाले २० हजार ९ सय ७५ मत पाएर विजयी भएका थिए । कांग्रेसका उम्मेदवार तिलक राईले १६ हजार १ सय २ मत पाएर दोस्रो भए । संघीय समाजवादीसँग गठबन्धन गरेको माओवादी केन्द्रका उम्मेदवार अइन्द्रबिक्रम बेघाले ११ हजार १ सय ८० मत पाएर तेस्रो भए ।

गत चुनाबको मतपरिणाम अनुसार नेकपाको पोल्टामा परिणाम आउने देखिन्छ । त्यसबेला माओवादी केन्द्र छुट्टाछुट्टै रुपमा चुनावमा भाग लिएको हाल एकता भएकाले ‘सुर्य’ चुनाब चिन्हले जित्ने आकलन गर्न थालिएको छ । तर चुनाबमा मत परिणाम कस्को पक्षमा आउने त्यो एकिन गर्न मुस्किल छ । उपनिर्वाचनको मत परिणामले वताउला कि?

सम्बन्धित खवर