शुभकामना आदानप्रदानकासाथै शिल्पी महासंघ गठन - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

शुभकामना आदानप्रदानकासाथै शिल्पी महासंघ गठन

साइनो समचारदाता

पान्थर । तेस्रो ठूलो दल समाजवादी पार्टी फिदिम ९ समितिद्वारा शुभकामना आदानप्रदान तथा पार्टी प्रबेस कार्यक्रम सम्पन्न गरेको छ ।

शुभ दिपावली तथा छठ को अवसरमा कार्यक्रम गरिएको थियो । पार्टी केन्द्रीय सदस्य प्रेमराज लावतीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन भएको थियो । कार्यक्रममा एल बी रहपाल, राज चामलिड़, टिका नेम्बाड़, तिलकराम आड़देम्बे, लक्ष्मण लावती, सन्तोष तुम्बापो, राम लावती, बिमला आड़देम्बे, गजेन्द्र लावती ,कुबेर आड़देम्बे, राकेश माड़मु, रामबहादुर लावती, चन्डिका लावतीलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पन्चायत र वहुदल आएपछि २ पटक वडा अध्यक्ष भिएका ब्यक्तित्व गम्वीरहाड़ लावती नेकपाबाट समाजवादी पार्टीमा प्रवेश गरेका छन् । त्यस्तै दिलबहादुर लावती, नेकपाबाट पुष्पा तामाड, Þसलिना तामाड़, बिनु तामाड़, नेपाली काग्रेसबाट थर्क मान लावती, राप्रपाबाट ईन्द्रबहादुर लावतीलगायत पनि प्रवेश गरेका छन् । कार्यक्रममा राजकुमार शंकरको अध्यक्षतामा १७ सदस्यीय समिति चयन गरदै शिल्पी महासघको समयोजन सम्पन भएको छ ।

शिल्पी महासघ केन्द्रीय सदस्य एलबि रहपालको उपस्थितिमा सो कार्यक्रम भएको थियो । शिल्पी महासंघ फिदिम ९ समितिलाई रहपालले सपथ गराएका थिए । शिल्पी महासंघको राजकुमार शंकरको अध्यक्षतामा समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा भिम कुमार कामी, सचिवमा समिर शंकर, सह सचिवमा आईतराज नेपाली, कोषाध्यक्षका उर्मिला नेपाली र सदस्यहरूमा बिराज शंकर, जित बहादुर कामी, दल माया नेपाली, सुनिता तामाड़ नेपाली, खडक कामी, नर माया शंकर, पूर्णमाया शंकर, धनमाया शंकर, रेनू शंकर, नर बहादुर शंकर, गंगा शंकर, बम बहादुर शंकर रहेका छन । कार्यक्रमको अध्यक्षता पार्टी बडाध्यक्ष नरेन्द्र कुमार लावतीले गरेका थिए ।

सम्बन्धित खवर