१०+१ प्रदेश संघीयताको उचित मोडल हो-डा. भट्टराई - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

१०+१ प्रदेश संघीयताको उचित मोडल हो-डा. भट्टराई

फिपराज बेघा

धरान । समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले १०+१ प्रदेश नै संघीयताको सहि मोडल रहेको दोहोर्याएका छन् ।

शुक्रबार धरानमा आयोजित प्रदेश समायोजन कार्यक्रममा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । ‘पहिचान र सामथ्र्यको आधारमा १०+१ को मोडेल प्रस्तुत गरेका छौं ।’ मुलुक वहुजातीय, बहुभाषिक चरित्र रहेको बताउँदै उनले भनेका छन्, ‘त्यो नै संघीयताको सहि मोडल हो ।’ भट्टराईले आफूलाई राष्ट्रिय पार्टी भन्नेहरुहरु एक जाति, एक लिङ्गीय पार्टी भएको आरोप लगाए । समाजवादी पार्टी हिमाल पहाड तराई, खस आर्य, आदिवासी जनजाति, मधेसी मुस्लिम, शिल्पीसहित समाबेश रहेको पार्टी भएको दाबी गरे ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ खाली थाकेर एमालेमा केपी ओलीको सरणमा परेको बताउँदै उनले २०५२ साल अघिको काँग्रेस र एमालेकै घुमिफिरि सत्ता र नेतृत्व जारी रहेको बताएका छन् । पुरानो पार्टीले गरिबी र वेरोजगारको दलदलमा फसाएर राखेको बताउँदै पार्टीले सत्ता प्राप्त गरेको दिन २० वर्षमा सबैभन्दा धनी देशको रुपमा प्रस्तुत गर्ने जनाए । भिजन भएको समाजवादी पार्टी भएकाले नेपाललाई आगामी ५० वर्षसम्म दिशाबोघ गर्ने नेतृत्व गर्ने अभियानमा लागेको उनको भनाई थियो । उनले भने, ‘संघीयता, सुशासन, समृद्धि र सम्मुनत समाजवादको एकीकृत रुप पार्टीको नीति र शिद्धान्त हो ।’

पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले जनताको समसामयिक मुद्दाहरु, संघीयताको मुद्दा, जातीय, क्षेत्रीयता, पहिचानको मुद्दा, त्यसलाई हल गर्न संविधान संसोधनको मुद्दा बाकी रहेका बताए । उनले प्रत्यक्ष लोकतन्त्रमा लिएर जानको लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक संसदको व्यवस्था आवश्यक रहेको औल्याए ।

पार्टीका अध्यक्ष उपेन्द्र यादबले रास्ट्रिय समस्या हल गर्ने जिम्मा नेकपाको रहेको बताएका छन् । उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका यादबले संविधान संशोधन गर्न आवश्यक दुईतिहाई चाहिने भएकोले समाजवादी सरकारमा गएको बताए।

समायोजनामा वरिष्ट नेता अशोकुकार राई, उपाध्यक्ष रकम चेम्जोङलगायतले सम्बोधन गरेका थिए ।

प्रदेश अध्यक्षमा चाम्लिङ

प्रवीण चाम्लिङको नेतृत्वमा समाजवादी पार्टी प्रदेश समिति घोषणा गरिएको छ । यसअघि उनी संघीय समाजवादी फोरम, नेपाल प्रदेश १ का अध्यक्ष थिए । तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच एकीकरण भएपछि धरानमा प्रदेश १ समिति समायोजन भएको हो । संघीय समाजवादी फोरमबाट ५७ र नयाँ शक्तिको तर्फबाट ४३ सदस्यीय समायोजन गरी १ सय सदस्यीय समिति घोषणा भएको हो । ११ पदाधिकारीमध्ये साविक समाजवादी फोरमले ४ उपाध्यक्ष, एक सचिव र एक कोषाध्यक्ष सहित ७ पदाधिकारी पाएको छ । साविक फोरमले पाएको ४ उपाध्यक्षमा क्रमशः दिपक याक्खा, घनश्याम कटुवाल, सविता यादव र राज कुमार यादव चयन भएका छन् । सचिवमा प्रेम वनेम, कोषाध्यक्षमा विनोद नेम्वाङ चयन भएका छन् । नयाँ शक्ति पार्टीले एक उपाध्यक्ष, एक मुख्यसचिव र दुई सचिवसहित ४ पदाधिकारी पाएको छ । उसले पाएको उपाध्यक्षमा उमेश थापा, मुख्य सचिवमा प्रभुराम श्रेष्ठ तथा सचिवद्वय भरत दाहाल र सुर्य राई चयन भएका छन् ।

फोरमबाट अज्जली साह, आशकुमार राई, आसा राई, उपेन्द्र लावती, उमेश थापा, उषा राई, एबीराज आङ्देम्बे, कमन देवान, कुन्ता राई, केदार धिमाल, केबलराज राई, कृष्णबहादुर कटुवाल, गौरामान राई, चन्द्र मादेन, तेजमाया दुमी राई, दिपेश राई, दुर्गामणि सुबेदी, दिपक विश्वास थारु, धिरेन लावती, धिरेन्द्र रुम्दाली, नवीन राई, पदमकुमाी राई, बलबहादुर राई, विशाल आङ्देम्बे, भक्तबहादुर राई, भरत याक्खा, महेशकुमार रानामगर, मातृका राई, मिना राई, मोती पालुङ्वा, राजेश इङ्वा, रिता राई, लासाङ तामाङ, लिला बहादुर सुनुवार, लोकबहादुर सिंगक, लोकसागर साम्बा, सनबहादुर राई, सम्स तबरेज आलम, सरोज बस्नेत, शान्ता तामाङ, शर्मिला आङ्देम्बे, श्यामयाया राई, हस्तशोभा राई, ज्ञानबहादुर राई, अनिलकुमार ठाकुर, अग्नीयाया मेचे, तुलसी राजबंशी, गणेश शाक्य, तेन्जी शेर्पा, सरकुमारी आठहरिया सदस्य बनेका छन् ।

त्यस्तै नयाँ शक्तिबाट जमानसिं राई, मणि राई, मोहन गुरुङ, विश्वराज राई, भैरब श्रेष्ठ, कडी दाहाल, विकास घिमिरे, श्रीराम रायमाझी, विष्णु कार्की, खेमराज खड्का, शान्त घतानी, राजन खड्का, देब मगर, हरि चोङबाङ, रामप्रसाद भट्टराई, मेघराज लिम्बु, टिका गुरुङ, मानबहादुर गुरुङ, देब जबेगु, तारा दवाडी, विमला अर्याल, मनहरी दहाल, नवराज दहाल, सुमन ढकाल, देबराज राई, तारा पोख्रेल, सिताराम घिमिरे, दीर्घरमण निरौला, मेम चाम्लिङ, राकेश चौधरी, पनिता ढकाल, दिेश दंगाल, फन विष्ट, भिमराज राई, कमल पोख्रेल, रमेश यादब र केशब कार्की सदस्य भएका छन् ।समायोजन कार्यक्रममा खगेन्द्र माखिमको संयोजकत्वमा लिम्बुवान राष्ट्रिय समिति र दातेम्बा शेर्पाको संयोजकत्वमा शेर्पालुङ राष्ट्रिय समिति पनि घोषणा गरिएको छ ।

सयौ पार्टी प्रबेश

कार्यक्रममा धरान उपमहानगरका पूर्व मेयर मनोज मेयाङ्बोका श्रीमती प्रमिला याङ्देन समाजवादी पार्टीमा प्रवेश गरेकी छिन् । त्यसैगरी संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका केन्द्रिय सदस्य नन्द याम्फु सोही पार्टीका मोरङ जिल्ला उपाध्यक्ष योगेन्द्र पार्घरी पनि पार्टी परित्याग गरि समाजवादी पार्टी प्रवेश गरेका हुन । डिके लिम्बू, भुपेन्द्र लिम्बु, लिला लिम्बू, देउमान लिम्बू, सुरेन्द्र योङ्हाङ, कुलमान लिम्बू, इन्द्रबहादुर लिम्बू, चित्रबहादुर लिम्बू, डिकबहादुर लिम्बू, नारायणप्रसाद लिम्बु, मनमाया लिम्बू, फुलमाया लिम्बू, देउकी लिम्बू, भक्तबहादुर मगर, सुरेन्द्र पार्घरी, सन्तोश लिन्दम लिम्बू, अर्जुन मगर, उमेश लिम्बु युगल लिम्बू, शशी लिम्बु, शेरमान लिम्बू, जनक बिक, धरानबाट नै प्रमिला याङ्देन लिम्बू, शशी कुमार बिक, रेवतिकुमार घिमिरे, शुरेश वारुमहाङ, मानभगत बेघा, सुमन वनेम, लिलिम पोमो, लादिमा राई, शम्भु राई, अनिल राई, संयोग राई, जशोदा लिम्बू, नवीन श्रेष्ठ, दुर्गा राई, लाक्पा शेर्पा, योगेश नेपाली, अर्जुन राई, दुर्गाकुमारी राई, पदम बस्नेतलगायत पनि प्रवेश गरेका छन् ।

प्रवेश गर्ने सबैलाई संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, पार्टी अध्यक्ष उपेन्द्र यादब, वरिष्ठ नेता अशोक राई, उपाध्यक्षद्वय रकम चेम्जोङ, युवराज कार्कीलगायत नेताले अबिर खादा फुलमालाले स्वागत गरेका थिए ।

सम्बन्धित खवर