उपप्रधानमन्त्री, मूख्य मन्त्री धरान आउदै - Sainokhabar
  • आइतबार, बैशाख २६, २०७८

उपप्रधानमन्त्री, मूख्य मन्त्री धरान आउदै

साइनो समचारदाता

धरान । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पाटी नेपालको प्रदेश समाजयोजना आज धरानमा हुदैछ ।

समायोजनमा पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टी अध्यक्ष डा.बाबुराम भट्टराई, उपप्रधानमन्त्री तथा पार्टी अध्यक्ष उपेन्द्र यादब, पूर्व मन्त्री तथा पार्टीका वरिष्ट नेता अशोककुमार राई, प्रदेश २ का मूख्य मन्त्री तथा पार्टी उपाध्यक्ष लालबहादुर राउत, लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । चुम्लुङ हिम, धरान १५ सुनसरी समायोजना कार्यक्रम हुदैछ । कार्यदले फोरम र शक्तिले प्रदेश समितिको पदाधिकारी कुनकुन पद लिने भन्ने विषयमा टुङ्गो लगाइसकेको छ । पार्टी प्रदेश समिति निर्माणसंगै लिम्बुवान राष्ट्रिय समिति, किरात राष्ट्रिय समिति, शेर्पालुङ राष्ट्रिय समिति, प्रदेश नम्बर १ आदिको पार्टी संगठन समायोजन हुने पार्टीका केन्द्रीय सदस्य खगेन्द्र माखिमले बताएका छन् ।

सम्बन्धित खवर