शान्ति सामुदायिक वनको निर्वाचन सुरु, अध्यक्षमा पुनः गुरुङ निर्वाचित - Sainokhabar
  • आइतबार, बैशाख २६, २०७८

शान्ति सामुदायिक वनको निर्वाचन सुरु, अध्यक्षमा पुनः गुरुङ निर्वाचित

तस्वीरः रोहित पराई

साइनो समचारदाता

पथरी । शान्ति सामुदायिक वन उपभोक्ता समूह (पथरी शनिश्चरे १, मोरङ) को निर्वाचन विहीबार विहान ७ वजेदेखि सुरु भएको छ । बनमा १ हजाार २१ मतदाता रहेका छन् । बनका उपभोक्ताले दिउसो ३ बजेसम्म मत हाल्ने कार्यक्रम तय गरिएको छ ।

अध्यक्षसहित मुख्य पदका लागि सहमति भएपनि अन्य ११ सदस्यका २६ जनाका उम्मेद्धवारी दिएका छन् । समितिको खुल्ला पाँच सदस्यको लागि १६ जना, पाँच महिलाको लागि ९ जना तथा आदिवासी जनजातिको लागि तीन जनाको उम्मेद्धारी रहेको छ । त्यस्तै १२ सदस्यहरुमा दलित कोटा बाहेक खुल्ला, महिला र जनजाति गरी २६ जना भिड्ने भएका छन् ।

बनको नवौं चुनाबाी साधारण सभाले समितिको अध्यक्षमा पुन के.वि गुरुङ नै सर्वसम्मत निर्वा्चित भएका छन् । यस अघि समितिको सदस्य पदमा रहेका प्रकाश थापाको पनि अध्यक्षमा उम्मेद्धारी रहेको थियो तर सहमतिमा उनलाई सह अध्यक्ष बनाइने भएपछि अध्यक्ष र सहअध्यक्षमा क्रमशः गुरुङ र थापा निर्वा्चित भएका हुन् । समितिको उपाध्यक्षमा साजन धिमाल, हेमभक्त गुरुङ, सचिवमा मेनुका राई, सहसचिवमा नवराज मिश्र र कोषाध्यक्षमा कुलमणि गुरुङ चयन भएका हुन् । उपाध्यक्ष मध्ये धिमाल निवर्तमान सदस्य, गुरुङ निवर्तमान उपाध्यक्ष थिए । राई पुनः सचिवमा निर्वाचित भएकी हुन् । लेखा सुपरिक्षण समितिको संयोजकमा तुलसी बस्नेत तथा सदस्यद्वयमा रमिला थापा मगर र नरेन्द्र घिसिङ निर्विरोध निर्वाचित भएका छन् ।

सम्बन्धित खवर