डाँगीहाटद्वारा उपाधि रक्षा (१७ तस्विरहरु) - Sainokhabar
  • शनिबार, जेठ ०१, २०७८

डाँगीहाटद्वारा उपाधि रक्षा (१७ तस्विरहरु)

साइनो समचारदाता

पथरी । मोरङको पथरीमा सम्पन्न दोस्रो पथरी शनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि छिमेकी पालिका बेलबारीले रक्षा गरेको छ ।

बुधबार (कात्तिक ६ गते) भएको फाइनल खेलमा बेलबारीको डाँगीहाट फुटबल क्लबले लेटाङ फुटबल क्लबलाई पछि पारेको हो । दोस्रो हापको तीसौं मिनेटमा सानदार गोल डाँगीहाटका विक्रम तामाङ (जर्सी १०)ले गर्दै टिमलाई विजयी बनायो । अत्यन्तै प्रतिस्पधात्मक खेलमा लेटाङले विपक्षीको जाली चुमाउन सकेन । सोमबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा पञ्चायन फुटबल क्लब सुनसरीलाई पराजित गरेसँगै डाँगीहाट फुटबल क्लबले फाइनल यात्रा तय गरेको थियो । भने लेटाङले एपिएफ फुटबल क्लब झापालाई पराजित गरेको थियो । उपाधिसँगै डाँगीहाटले ८१ हजार, १ सय ११ रुपैया, ट्रफि, मेडल र प्रमाण पत्र हात पारेको छ भने उपविजेता लेटाङले ५१ हजार, १ सय ११रुपैया, ट्रफि, मेडल र प्रमाण पत्रमै चित बुझायो ।

फाइनल खेलको म्यान अफ दि म्याच लेटाङ फुटबल क्लब मोरङको खेलाडी अभिषेक लिम्बु घोषित भए । हाई स्कोरर खेल अबधी भर ३ गोल गर्ने योसेक फुटबल क्लब उर्लाबारीको खेलाडी मन्दिप लिम्बू भए । उत्कृष्ट खेलाडी डाँगिहाटको अरुण लिम्बू, उदियमान खेलाडी आयोजक सुनाखरीको खेलाडी अभिषेक लिम्बू, बेष्ट गोल्ड किपर, डिफेन्डर र बेष्ट कोच क्रमश डाँगिहाटकै छिरिङ तामाङ, सुरेन्द्र खवास र अनिल धिमाल घोषित भए । त्यसैगरी बेष्ट मिड फिल्डर र फर्वाड लेटाङका सुमन लिम्बू र भुवान राई भए ।

सुनाखरी युवा क्लबको आयोजनामा भएको पथरी शनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिता असोज २९ गतेबाट शुरु भएको थियो । आयोजक सहित ८ टोलीको सहभागिता रहेको थियो । विजेता डागीहाट, उपविजेता लेटाङ आयोजकसहित योसेक फुटबल क्लब उर्लावारी, विभागीय टोली एपिएफ झापा, पञ्चायन फुटबल क्लब सुनसरी, पथरी स्पोर्टिङ क्लब पथरी शनिश्चरे, दमक फुटबल एकेडेमी दमक प्रतियोगितामा सहभागिता जनाएको थियो । पथरी शनिश्चरे हङकङ परिवारको मुख्य प्रयोजन तथा पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा प्रतियोगितामा उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट प्रशिक्षक लगायतलाई पुरस्कृत गरिएको क्लवका अध्यक्ष मिलन राईले बताए । खेलमा ८ लाख ५२ हजार रुपैयाँको अनुमानित खर्चमा रहने आयोजकले अनुमान लगाएको छ । खेल पथरी शनिश्चरे १ स्थित सुनाखरी खेल मैदानमा संचालन भएको थियो ।

 

सम्बन्धित खवर