‘प्रधानमन्त्रीको चाहाना अनुसार मन्त्रिमण्डल परिवर्तन हुन्छ ।’–प्रचण्ड - Sainokhabar
  • आइतबार, बैशाख २६, २०७८

‘प्रधानमन्त्रीको चाहाना अनुसार मन्त्रिमण्डल परिवर्तन हुन्छ ।’–प्रचण्ड

साइनो समचारदाता

पान्थर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना अनुसार मन्त्रिमण्डल परिवर्तन हुने बताएका छन् । उनले भने, ‘प्रधानमन्त्री जीको क्षेत्राधिकार कुरा हो । जति बेला प्रधानमन्त्री जीले चाहानुहुन्छ त्यति बेला मन्त्रिमण्डल पुर्नगठन हुन्छ । जतिबेला सम्म चाहानु हुन्न त्यति बेला सम्म हुदैन ।’

नेकपा (नेकपा) जिल्ला कमिटिले आयोजना गरेको जिल्लास्तरीय बृहत कार्यकर्ता प्रशिक्षणमा सम्बोधन गर्दै सो कुरा बताएका हुन् । मंगलबबार (आज) पाँचथर क्याम्पस (फिदिम ४ पाँचथर)मा सुरु भएको प्रशिक्षण अध्यक्ष प्रचण्डले शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउन अन्तिम तयारीमा पुगेको बताएका छन् । उनले राजनीतिक स्थायीत्वसहित बलियो सरकार समृद्धि तिर अगाडि बढिरहेको बताए । गएको वर्ष पार्टी, पार्टी नेतृत्वको सरकार आधार वर्षको रुपमा परिभाषित गरेअनुरुप पार्टी र सरकार आधार वर्षको निम्ति आवश्यक पर्ने संविधानले निर्दिष्ट गर्ने ऐन निर्माण गरेको उनको भनाई थियो । पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले अन्तर्राष्टिय छिमेकी राष्ट्रहरुसँग सुमधुर सम्बन्ध बनाउने प्रक्रिया सरकार अगाडि बढाएको बताए । दुई पार्टी एकतावीचमा भएको समझदारी कार्यान्यवन भएको अरु बाकी रहेको समझदारीहरु महाधिबेशनसम्म जादा कार्यान्वयनमा जाने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा पार्टी महासचिब विष्णु पौडेल, संसदीय दलका उपनेता सुबास नेम्बाङलगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित खवर