संघीय र नयाँ शक्तिको प्रदेश समायोजन हुदै - Sainokhabar
  • शनिबार, फागुन १५, २०७७

संघीय र नयाँ शक्तिको प्रदेश समायोजन हुदै

साइनो समचारदाता

धरान । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पाटी नेपालबीच भएको एकतालाई पूर्णता दिन प्रदेश १ मा समायोजना हुदैछ ।

दुई पार्टीबीच एकता भइ बनेको समाजवादी पाटीको प्रदेश नं. १ को समायोजन कात्तिक ८ गते हुदैछ । धरान स्थित चुम्लुङ भवनमा समायोजन कार्यक्रम गर्ने तय भएको पाटी समायोजन कार्यदलले जनाएको छ । कार्यदले फोरम र शक्तिले प्रदेश समितिको पदाधिकारी कुनकुन पद लिने भन्ने विषयमा टुङ्गो लगाइसकेको छ । पार्टी प्रदेश समिति निर्माणसंगै लिम्बुवान राष्ट्रिय समिति, किरात राष्ट्रिय समिति, शेर्पालुङ राष्ट्रिय समिति, प्रदेश नम्बर १ आदिको पार्टी संगठन समायोजन हुने पार्टीका केन्द्रीय सदस्य खगेन्द्र माखिमले बताएका छन् । समायोजन कार्यक्रममा पार्टीका शिर्ष नेताहरु उपस्थिति हुने समाजवादीले जनाएको छ ।

सम्बन्धित खवर