दमकले शुरुवाती अग्रता जोगाउन नसक्दा डाँगिहाट विजयी - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

दमकले शुरुवाती अग्रता जोगाउन नसक्दा डाँगिहाट विजयी

साइनाे समचारदाता पथरी/ खेल शुरु भएको पहिलो मिनेटमै लिएको अग्रता जोगाउन नसक्दा दमक फुटबल एकेडेमी झापा मोरङको पथरीशनिश्चरेमा भइरहेको दोस्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिताको पहिलो चरणबाटै बाहिरीएको छ।

खेल सुरु भएको पहिलो मिनेटमै दमक फुटबल एकेडेमिका अनिल तिम्सिनाले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । डिफेन्डर बिक्रम लिम्बुले डिबक्स भित्र बल कन्ट्राेल गर्न नसक्दा अनिलले गाेल गर्न सफल भएका हुन ।
निकै प्रतिस्पर्धात्मक खेलकाे अन्तिम मिनेटमा डाँगिहाटका बिक्रम लिम्बुकाे पासमा विक्रम तामाङले गोल गरेपछी निर्धारीत समय १ -१ गोलको बराबरीमा टुङ्गिएको थियो ।

खेलकाे अन्तिम १ मिनेटमा डागिहाटले गाेल गरे पछि खेलको निर्णय टाइब्रेकरमा भएकाे हाे । ट्राईबेकरमा दमकलाई ४ -२ गोल अन्तरले पाखा लगाउदै डाँगिहाट फुटबल क्लब मोरङ प्रतियोगिताको सेमि फाइनलमा प्रवेश गरेको हो ।
टाइव्रेकरमा डागिहाट मोरङको लागि शङ्कर राई, विक्रम लिम्बू, विक्रम धिमाल, सुरेन खवासले गोल गरेका थिए । दमकका लागि सुसन कार्की र किस्मत लिम्बुले गोल गरे भने राजन धिमालले हानेको गोल विपक्ष टिमका गोल रक्षक छिरिङ तामाङले बचाएका थिए । त्यस्तै अनिश खड्काले प्रहार गरेको गोल पोस बाहिरिएकाे थियाे । खेलको म्यान अफ दि म्याच डाँगिहाटका गोल रक्षक छिरिङ तामाङ घोषित भए ।

भोलि (आइतबार)को पहिलो सेमि फाइनल खेल लेटाङ फुटबल क्लब र योसेक फुटबल क्लब उर्लाबारी मोरङवीच प्रतिस्पर्धा हुने छ ।
प्रतियोगिताको विजेता टोलीले ८१ हजार, १ सय ११ रुपैयाँ र उपविजेता टाेलिले ५१ हजार, १ सय ११ रुपैयाँका साथै ट्रफि,मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

सम्बन्धित खवर