शिशुको लागि प्रवासीको सहयोग - Sainokhabar
  • शनिबार, बैशाख २५, २०७८

शिशुको लागि प्रवासीको सहयोग

साइनो समचारदाता

चुलाचुली (इलाम) । प्रवासी सेवा समाज ,इलामले चुलाचुली गाउँपालिका वडा नं. १ कमलमा जन्मिएको १६ दिने शिशुको उपचारको लागि सहयोग हस्तान्तरण गरेको छ ।

मेक्स अन्तर्रा्ष्ट्रिय हस्पिटल विराटनगरमा उपचार्थ शिशुको घरमै पुगि चुलाचुली प्रवासी संस्थाले शिशुको बाबु शेर ब. खजुमलाई ४४ हजार ४ सय ४० रूपैयाँ सहयोग हस्तान्तरण गरिएको थियो। शेर ब. खजुम र वविता खजुमको बच्चा जन्मिएको ९ दिनमै उपचारको लागि मेक्स अन्तर्रा्ष्ट्रिय अस्पताल विराटनगर पुर्याइएको थियो । ञजेन्डिसको समस्या देखिएको विरामी शिसुको अहिलेसम्म यहि रोग भनेर पता नलागिसकेको विरामी बच्चाको फूपू सर्मिला खजुमले वताए । उनले भने, ‘आर्थिक विपन्नताकै कारण उनको उपचारको लागि सहयोगको अपिल गरिरहेका छौं ।’ चुलाचुली प्रवासी सेवा समाज, इलामले विभिन्न सामाजिक सहयोग अभियान गर्दै आइरहेको मध्ये यसपटक यो शिशु बचाउ अभियान तेस्रो कार्यक्रम रहेको संस्थाका सचिव सुदेस खाहुङ राईले जानकारी गराइएको छन् ।जबदबच।अयmरद्दण्ज्ञढरज्ञण्रज्ञढरडठछढर

सम्बन्धित खवर