आज दमक र डाँगीहाट भिड्दै - Sainokhabar
  • शुक्रबार, फागुन २१, २०७७

आज दमक र डाँगीहाट भिड्दै

साइनो समचारदाता

पथरी । सुनाखरी युवा क्लबको आयोजनामा दोश्रो पथरी शनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिता अन्तरगत आज दमक फुटबल एकेडेमी दमक र डाँगिहाट फुटबल क्लब मोरङबीच खेल भइरहेको छ । आज जित्ने टिमले पञ्चायन फुटबल क्लब सुनसरीसँग खेल खेल्नेछ । खेल कात्र्तिक ४ गते हुनेछ ।

असोज २९ गते बाट सुरु हुने प्रतियोगितामा आयोजक सहित ८ टोलीले सहभागिता जनाएको छ । दशै तिहारको अवसरमा भइरहेको प्रतियोगितामा, योसेक फुटबल क्लब, उर्लाबारी, लेटाङ फुटबल क्लब लेटाङ, पञ्चायन फुटबल क्लब सुनसरीले जित दर्ता गरेका छन् । पथरी शनिश्चरे हङकङ परिवारको मुख्य प्रयोजन तथा पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा हुने प्रतियोगिताको विजेताले नगद ८१ हजार १ सय ११ रुपियाँ र उप विजेता टोलिले नगद ५१ हजार १ सय ११ रुपैयाँका साथ मेडल ट्रफी पाउने छन । कार्तिक ६ गते सम्म संचालन हुने खेलमा उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट प्रशिक्षक लगायतलाई पुरस्कृत गरिने क्लवका अध्यक्ष मिलन राईले बताए । खेलमा ८ लाख ५२ हजार रुपैयाँको अनुमानित खर्चमा रहने आयोजकले जानकारी दिएको छ । खेल पथरी शनिश्चरे १ स्थित सुनाखरी खेल मैदानमा संचालन भइरहेको छ ।

सम्बन्धित खवर