१३ जनालाई परिचयपत्र - Sainokhabar
  • शुक्रबार, बैशाख २४, २०७८

१३ जनालाई परिचयपत्र

साइनो समचारदाता

पथरी । मोरङको पथरीशनिश्चरे नगरमा पछिल्लो पटक १३ जना अपाङ्गता भएका व्यक्तिलाई परिचय पत्र वितरण गरिएको छ ।

प्रत्येक महिनाको १५ र ३० गते वितरण हुँदै आएको परिचयपत्रका क्रममा पछिल्लोपटक १० जनालाई परिचयपत्र वितरण भएको अपाङ्गता परिचयपत्र स्थानीय समन्वय समिति सदस्य सचिव गीता कट्टेलले जनाइन् ।  जस अन्तर्गत पूर्ण अपाङ्गता भएकाको रातो कार्ड १ जनालाई,  अशक्तको नीलो कार्ड ५ जनालाई, मध्यम असक्तको पहेंलो कार्ड ३ जनालाई र सामान्यको सेतो कार्ड १ जनाालाई वितरण भएको छ । त्यसअघि रातो, नीलो र पहेंलो १,१ गरी ३ जनालाई वितरण गरिएको थियो । उपप्रमुख यमुना विष्ट वास्तोलाको संयोकत्वको अपाङ्गता परिचयपत्र स्थानीय समन्वय समितिले गत साउन २७ गतेबाट थालिएको अभियानमा हालसम्म ४ पटक परिचयपत्र वितरण गरिसकेको छ ।

सम्बन्धित खवर