एपिएफलाई हराउदै लेटाङ्ग सेमिफाइनल प्रवेश - Sainokhabar
  • शनिबार, जेठ ०१, २०७८

एपिएफलाई हराउदै लेटाङ्ग सेमिफाइनल प्रवेश

साइनो समचारदाता पथरी/ पथरीमा जारी दोस्रो खुल्ला नकआउट फुटबल प्रतियोगिताको शुक्रबार भएको खेलमा शसस्त्र प्रहरी बल (एपीएफ) झापालाई टाइब्रेकरमा पराजित गर्दै साबिक बिजेता लेटाङ फुटबल क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेस गरेको छ । लेटाङले ट्राईबेकरमा ३/५ गोल अन्तरले ए पि एफलाई पाखा लगाउदै दोस्रो चरण प्रबेश गरेको हो । खेल अवधिभर गोल रहित बराबरी भए पछी खेलको निर्णयको टाइब्रेकरमा भएको थियो ।


टङाईबेकरमा लेटाङका मनि राई, यमन मगर, भुवन राई, अनिमेश श्रेष्ठ र गोल रक्षक अंजित श्रेष्ठले गोल गरे भने एपिएफका विशाल मग्राती, युबराज श्रेष्ठ र रोसेस श्रेष्ठले मात्र गोल गर्न सफल भए । ए पि एफका रबिन खडकाले प्रहार पोस्ट बाहिरिए पछी लेटाङको विजय भएको हो । खेलको म्यान अफ दि म्याच लेटाङको गोल रक्षक अन्जेत श्रेष्ठ घोषित भए । भोलि (शनिवार)को खेल दमक फुटबल एकेडमी झापा र डाँगिहात फुटबल क्लब बेलबारी मोरङ वीच प्रतिस्पर्धा हुने छ ।
प्रतियोगिताको विजेताले नगद ८१ हजार १ सय ११ का साथ मेडल ट्रफी प्राप्त गर्ने छ भने द्वितीय हुने टोलिले ५१ हजार १ सय ११ प्राप्त गर्नेछ । प्रतियोगितामा आयोजक सहित ८ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट प्रशिक्षकलाई नगद सहित ट्रफीले प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता सुनाखरी खेल मैदानमा अशोज २९ गते देखि सुरु भैरहेको छ । प्रतियोगिताको मुख्य प्रायोजक पथरीशनिश्चरे हङकङ परिवार, पथरी शनिश्चरे नगरपालिकाकोले गरेको हो ।

सम्बन्धित खवर