कांग्रेसले चितवनका लागि तीन उम्मेदवारको नाम तय गर्यो - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

कांग्रेसले चितवनका लागि तीन उम्मेदवारको नाम तय गर्यो

साइनो समचारदाता

चितवन । नेपाली कांग्रेस चितवनले मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ । वडा समितिले सर्वसम्मतरूपमा उम्मेदवार तय गरेपछि जिल्ला समितिले सोही निर्णयलाई अनुमोदन गर्ने तयारी गरेको छ ।

कांग्रेसका तर्फबाट उपनिर्वाचनमा खैरहनी नगरपालिका–४ को अध्यक्षमा वडाका कार्यवाहक अध्यक्षसमेत रहेका देवबहादुर बस्नेत उम्मेदवार बन्ने पक्का भएको छ । सोही नगरपालिका–५ को अध्यक्षमा प्रतिमा बस्नेत उम्मेदवार बन्ने पक्का भएको छ। बस्नेत स्वर्गीय वडाध्यक्ष विश्वविजय बस्नेतकी श्रीमती हुन् । कांग्रेस वडा समितिले सर्वसम्मतरूपमा जिल्लामा सिफारिस गरेको छ । केही वर्षअघि रत्ननगरबाट खैरहनीतर्फ फर्किने क्रममा रत्ननगरको शान्तिचोकमा भएको दुर्घटनामा परी वडा ४ का तत्कालीन अध्यक्ष नरेन्द्र अधिकारी र ५ का अध्यक्ष विश्वविजय बस्नेतको निधन भएको थियो ।

भरतपुर महानगरपालिका–१६ को वडाध्यक्षका लागि कांग्रेस वडा समितिले वडाध्यक्षका लागि अमृत हमाललाई सर्वसम्मत सिफारिस गरेको छ। उनी यसअघि पनि वडा अध्यक्षका उम्मेदवार थिए । केही महीनाअघि सो वडाका अध्यक्ष चतुरमान गुरुङको क्यान्सर रोगले निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । स्वर्गीय गुरुङ तत्कालीन नेकपा (एमाले)बाट वडाध्यक्षमा निर्वा्चित भएका थिए । नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले तीनवटै नामहरू अनुमोदन हुने बताए ।

सम्बन्धित खवर