राजबंशीकोे दोस्रो महाधिवेशन हुने - Sainokhabar
  • शनिबार, फागुन १५, २०७७

राजबंशीकोे दोस्रो महाधिवेशन हुने

राजेश कुमार राजवंशी

विराटनगर । विराट राजवंशी युवा समितिको दोस्रो महाअधिवेशन मंसिर २९ गते गर्ने निर्णय गरिएको छ । महाधिबेशनमा ४४ वटा गाउँबाट ४ सय प्रतिनिधि सहभागी हुने वताइएकबो छ ।

एउटा गाउँबाट १५देखि २० प्रतिनिधि सहभागी हुने, एउटा गाउबाट एकजना उम्मेदवार हुने समितिले बताएको छ । शितल धर्मशालामा विराटनगरमा भएको बैठकले अध्यक्ष पदको लागि शुल्क १ हजार, उपाध्यक्ष , सचिव, सहसचिव, कोषाध्यक्ष पदको लागि शुल्क ७ सय र सदस्य पदको लागि शुल्क ५ सय तोकेको छ । दोस्रो महाअधिवेशन तयारी संयोजकमा कशिराम राजवंशी ,आर्थिक संयोजक सिताराम राजवंशी, प्रचार प्रसार संयोजक सन्तोष राजवंशी लाई जिम्मेवारी दिएको छ । दोस्रो महाअधिवेशन मा ४४ वटा गाउँबाट ४०० प्रतिनिधि रहने छ । बैठक युवा अध्यक्ष कुशेश्वर राजवंशी को अध्यक्षतामा बसेको थियो । बैठक सम्पन्न भएको छ ।

सम्बन्धित खवर