याक्थुङ युवा मञ्चको नगर अधिबेशन - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

याक्थुङ युवा मञ्चको नगर अधिबेशन

साइनो समचारदाता

दमक । याक्थुङ युवा मञ्च दमक झापाको अध्यक्षमा पुनः सपना कन्दङवालाई चयन गर्दै प्रथम अधिबेशन सम्पन्न गरेको छ ।

याकथुङ युवा मञ्च जिल्ला कार्य समिति झापाका सचिव देविबहादुर निङ्लेकु ’प्रताप’को प्रमुख आतिथ्यमा दमक स्थित होटल एस. जी.को सभाहलमा सम्पन्न अधिबेशनले १३ सदस्यीय समिति चयन गरेको हो । मञ्चको उपाध्यक्षद्वयमा क्रमशः उमा लिम्बु र सुरेश नेम्बाङ, सचिवमा अभिन मेन्याङबो सहसचिवमा वचन केदेम, कोषाध्यक्षमा कोशिला खेवा चयन भएका छन् । त्यसैगरि निर्वा्चित सदस्यहरुमा सोनु लिम्बु, अभिषेक लिम्बू, मञ्जु लिम्बू, मन्दीरा खापुङ, संगीता साँवा, सरोज लिम्बू, मनिका चेम्जोङ रहेका छन् । प्रमुख अतिथि निङ्लेकुले मञ्च आदिवासी लिम्बू समुदायको समाजिक संस्था रहेको बताउँदै मञ्चले न्याय, सम्मानता, पहिचान र अस्तित्वको सवालमा वकालत गर्ने बताएका छन् । उनले याक्थुङ युवा मञ्चले युवाहरुलाई आर्थिक, समाजिक, राजनैतिक रुपले सु–सभ्य युवा बनाउन चाहेको बताए ।

कार्यक्रमा गायक गायिकाहरु उमा लिम्बू ,बचन केदेम,सरोज लिम्बू, दिलिप लिम्बु र कौसिला लिम्बू लगायतले गीत गाएका थिए । लिम्बु बिद्यार्थी मञ्च झापा अध्यक्ष सागर साम्बा, उपाध्यक्ष दिलहाङ सम्बाहाङ्फे, याक्थुङ युवा मञ्च झापाका सहसचिव सन्त शेर्मालगायतको कार्यक्रमममा उपस्तिथि रहेको थियो ।

सम्बन्धित खवर