भागीरथमा लिम्बु भाषा पठनपाठन - Sainokhabar
  • बिहिबार, बैशाख २३, २०७८

भागीरथमा लिम्बु भाषा पठनपाठन

साइनो समचारदाता

पथरी । भागीरथ माध्यमिक विद्यालय पथरी शनिश्चरे मोरङमा लिम्बु भाषाको पठनपाठन सुरु गरिएको छ ।

किरात याक्थुङ चुम्लुङ नगर शाखा समिति पथरी शनिश्चरे, मोरङको पहल र नगर पालिकाको सहयोगमा पठनपाठन सुरु भएको हो । कक्षा १ बाट पठन पाठन सुरु गरिएको छ । यस अघि पनि सोही विद्यालयमा लिम्बु भाषाको पठन पाठन गरिएको थियो । मातृभाषा शिक्षकको लागि चुम्लुङ र नगरपालिकासँग सम्झौता गरिएको चुम्लुङ नगर सचिब प्रेम लिम्बु विक्रमले बताएका छन् । सोही सम्झौता अनुसार नगरपालिकाले शिक्षकलाई तलब भुक्तानी गर्नेछ । नगरकै चन्द्रकिरातीश्वर माविमा पनि कक्षा ६ सम्म लिम्बु भाषा पठनपाठन भइरहेको छ ।

सम्बन्धित खवर