उपनिर्वाचनमा ४ लाख ५४ हजार मतदाता, - Sainokhabar
  • सोमबार, बैशाख २७, २०७८

उपनिर्वाचनमा ४ लाख ५४ हजार मतदाता,

पुरुषभन्दा महिला बढी

साइनो समचारदाता

काठमाडौं । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा कूल मतदाता ४ लाख ५४ हजार ११४ रहेको छन् । तीमध्ये महिला मतदाता २ लाख ३३ हजार ४०२, पुरुष मतदाता दुई लाख २० हजार ७१० र अन्य लिङ्गी मतदाता दुई जना रहेका छन् ।

आयोगका प्रवक्ता एवम् सहसचिव गिरिजा शर्माद्वारा जारी विज्ञप्तिमा उपनिर्वाचन हुने ३७ जिल्लाका सम्बन्धित निर्वाचन क्षेत्रमा कूूल २ सय ४७ स्थलमा ५सय ३७ मतदान केन्द्र रहने जनाइएको छ । आठ सय वा सोभन्दा बढी मतदाता रहेका मतदान केन्द्र ३ सय ३७ रहेको र आठ सयभन्दा कम मतदाता रहेको केन्द्र २ सय रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । आयोगले असोज २३ गते उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावलीसमेत स्वीकृत गरेको थियो । अन्तिम मतदाता नामावली तयार गर्ने सिलसिलामा उपनिर्वाचन हुने ३७ जिल्लाका स्थानीय तहका १५५ वडामा मतदाता नामावली ऐन, २०७३ बमोजिम मतदाता नामावली अध्यावधिक (दाबी विरोध) कार्यक्रम सञ्चालन गरिएको उल्लेख गरिएको छ ।

प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने कास्की जिल्ला निर्वाचन क्षेत्र नं २ मा ७१ हजार ८ सय ७१, प्रदेशसभा सदस्यको निर्वाचन हुने भक्तपुर, बाग्लुङ र दाङका सम्बन्धित निर्वाचन क्षेत्रमा क्रमशः ४५ हजार १५, छत्तीस हजार ९२६ र त्रिहत्तर हजार १७२ जना मतदाता रहेका छन् । निर्वाचनमा प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, नगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक र गाउँपालिका तथा नगरपालिका वडाध्यक्ष ४३ गरी कूल ५२ पदका लागि निर्वाचन हुँदैछ । आगामी उपनिर्वाचनका लागि २४७ स्थलमा ५३७ मतदान केन्द्र निर्धारण गरिएको छ ।

थप जानकारीको लागि http://www.election.gov.np/election/np हेर्नुहोस् ।

सम्बन्धित खवर