सिन्धुपाल्चोकमा १० को मृत्यु, ६० जना घाइते - Sainokhabar
  • आइतबार, फागुन १६, २०७७

सिन्धुपाल्चोकमा १० को मृत्यु, ६० जना घाइते

साइनो समचारदाता
सिन्धुपाल्चोक । सिपाटारबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ६० जनाभन्दा बढी घाइते भएका छन । मृतक ११ मध्ये पाँच जनाको सनाखत भइसकेको छ। मृत्यु हुनेमा काभ्रे घर भएका केदारनाथ महाजु, काभ्रे पाँचखाल नगरपालिकाकी संगीता पुरकोटी, इन्द्रवती ९ का हिरा श्रेष्ठ, सोही ठाउँका विनोद लम्साल र सोही नगरपालिका १० का रितेश आचार्य छन्। अन्य पाँच जनाको भने सनाखत भएको छैन। प्रदेश ३ को सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका १० भोटसिपास्थित तिखु मोडमा बा २ ख २७१५ नम्बरको बस दुर्घटनानमा परेको हो ।

जिल्ला प्रहरी कार्यालायको अनुसार बिहान ८ः३० बजे सिपाटारबाट छुटेको बस करिब ९ः३० बजे भोटसिपामा दुर्घटनामा परेको हो । दुर्घटनामा चालकको पनि मृत्यु भएको छ । घाइतेको उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ । वडाका वडाध्यक्ष जीवन थापामगरले कतिपय घाइतेको अवस्था चिन्ताजनक रहेकाले उनीहरुलाई हेलिकप्टरबाट उपचारमा पठाउने प्रयास भइरहेको बताए।

सम्बन्धित खवर