म बिदेश जादैछु आमा - Sainokhabar
  • सोमबार, बैशाख २७, २०७८

म बिदेश जादैछु आमा

धर्मराज सुबेदी राजन

पुर्णिमाको त्यो उज्यालो रात
आसुसङै थालमा खसेको भात
जानुपैले आमाले पकाएको त्यो मिठो खाना
रेडियो नेपालमा बजेको बिरहको गाना
यि सबै मलाई बिदाइको तयारी गरिरहेछन
मंसिरमा पनि रित्ता ति भकारी आज आसुले भरिरहेछन

आमाले कहिले फर्किन्छस बाबु भन्दै गर्दा
बहिनिले त्यो धागोमा माला उन्दै गर्दा
पियारिका आँखाबाट बगेका खोलाहरुको
घरका याद कोचिएका ति झोलाहरुको
म एउटै जबाफ खोजिरहेछु
पसिना फाल्न म आज अर्काको देश रोझिरहेछु

चप्पल पड्काउने बाका खुट्टामा goldstar जुता फेर्नलाई
धमिलो देख्ने आमाका आँखाले फेरी यो संसार हेर्नलाई
तिजको दिन नयाँ सारी फेर्ने उनको रहर पुरा गर्न
बिहेको दिन बहिनिको घाटी गहानाले टम्म भर्न
म बिदेश जादैछु आमा केही नयाँ काम गर्नलाई
यो निराशाको मरुभुमीमा आशाको किरण छर्नलाई

भन्न त सजिलो छ साथी यही सुन फल्छ भनेर
दस नङ्रा खिएाउन सके यो चट्टान गल्छ भनेर
पानीमा डुंगा खियाएसरी बाले नग्रा खियाएपनी
कतै सुन फल्योकी भन्दै आमाले खेतमा चिहाएपनी
न सुन फल्यो न खेत गल्यो केबल बाका नग्रा हराए
बर्ष भरी रित्ता आटी देख्दा भोकले ति मुसा कराए

म परीश्रम बेच्न होइन अनुभब किन्न जादैछु आमा
पानी नपाउने अरबको ठाउँमा पसिनाको मुल लादैछु आमा
अर्काको घर बनाउदै गर्दा आफ्नो घरनी बन्छ भने
परीश्रम गरी खादा पनि समाजले नोकार भन्छ भने
हो म नोकार हु यि जुठा भाडा धस्काउछु
तिमी खरायोझै उफ्रनु साथी म पाइला लस्काउछु

पोखरा बिस्वबिद्यालय कास्की

सम्बन्धित खवर