– पदम राज शर्मा
बियोगले मेरो मुहारमा सँधै उदासी टल्कियो
रोपेको थिएँ बारीमा प्रेम खेतमा सल्कियो
सुनसान रातमा, ऐठानको साथमा
झस्किए पछि अनयासै उनको मुहार झल्कियो
फुलेकि थियौ मन्जरी दिलमा भमरा पल्कियो
मेरो दिलको माया भुलेर तन अरु तिरै ढल्कियो
बैँशको मातमा अर्कैको साथमा
मखमली डाल उन्मादमा उनको यौवन छल्कियो