छोरीको जन्म दिन बाल आश्रममा - Sainokhabar
  • शनिबार, बैशाख २५, २०७८

छोरीको जन्म दिन बाल आश्रममा

साइनाे समचारदाता पथरी/ जन्म दिनमा हुने फजुल खर्च जोगाएर अनार्थ आश्रमलाई सहयोग गर्ने क्रम बढ्दै गएको छ । परिवारबाट छुटेर आश्रममा रहेका बालबालिका संग जन्मदिन मनाउने चलन बढेको हो । मोरङ पथरीशनिश्चरे–१ का कुमार बस्नेत र जुनि थपलियाले आफ्नो ३ बर्षीया छोरी स्मृती बस्नेतको जन्म दिन पनि उर्लाबारीमा रहेको नमुना बाल आश्रमका बाल बालिका संग साटासाट गरेका छन ।


बस्नेतले आश्रममा रहेका ४६ जना बालबालिकालाई छोरीको जन्म उत्सव संगै दैशैंमा सानो खुशी दिलाएका हुन । बस्नेतले बालबालिकाको लागि जुस, खाद्यान्न, स्टेशनरीका साथ नगद सहयोग गरेका छन ।
२०५८ सालमा स्थापना भएको आश्रममा नर्सरी देखि डिप्लोमा सम्म अध्यायन गर्ने बालबालीका रहेका छन । १८ बर्ष अगाडी एउटी शिशुबाट सुरुगरिएको आश्रमले धेरै बाल बच्चाको भविष्य सुन्दर बनाए पनि आश्रमको अवस्था भने जस्ताको त्यस्तै रहेको छ । नेपालको कुना काप्चाबाट आमाबाबु गुमाएका शुशिहरु ल्याएर सुनैलो भविष्य बनाउने आश्रमको भविष्य भने कम्जोर रहेको देखिन्छ ।


स्थानिय समाज सेवि, संघ संस्था, पत्रकार र केहि दाताको भरमा रहेकाले आश्रम चल्न गाह्र अवस्था रहेको आश्रम संचालिका मिना बरालले बताईन । राज्यबाट केहि सहयोग र सुविधा पाए आश्रममा आएका शिशु र संचालक समितीलाई केहि साहानुभुती हुने स्थानिय बताउछन । आश्रमका ठुलो छोरा र ठुलो छोरीको बिबाह भै सकेको छ । छोराले बुहारी भित्र्याई सकेको र छोरीको आश्रमबाटै कन्यादान गरेको आश्रम संचालिका बरालले बताईन । बच्चै अवस्थाबाट आश्रममा हुर्की शिक्षा आर्जन गरेका १४ जनाले नागरिक्ता लिएर देशका विभिन्न स्थानमा रोजगारी समेत गरिरहेका छन ।

सम्बन्धित खवर