साइनो समचारदाता
सिन्धुली । प्रदेश ३ को सिन्धुलीमा काठमाडौंबाट सिरहातर्फ जाँदै गरेको बा ३ ख २३५९ नम्बरको बस बस दुर्घटना हुँदा शनिबार तीन जनाको मृत्यु भएको छ ।
जिल्लाको बीपी राजमार्गको नेपालथोकमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटना हुँदा १७ जना घाइते भएका छन ्। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ । मृतकको पहिचान खुलेको छैन । चालकसहित ३५ जना सवार रहेको प्रहरीको अनुमान छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।