मन्त्रिमण्डल हेरफेर बारे मलाई होइन, प्रधानमन्त्रीलाई सोध्नुस्ः प्रचन्ड - Sainokhabar
  • बिहिबार, बैशाख २३, २०७८

मन्त्रिमण्डल हेरफेर बारे मलाई होइन, प्रधानमन्त्रीलाई सोध्नुस्ः प्रचन्ड


साइनो समचारदाता

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल विस्तार र हेरफेरको विषयमा आफूलाई नसोध्न बताउँदै प्रधानमन्त्रीलाई सोध्न प्रत्रकारहरुलाई आग्रह गरेका छन् ।

विराटनगर विमानस्थलमा आइतबार बिहान पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले मन्त्रिमण्डलबारे सोधेर हैरान पारेको बताएका छन् । सरकारको काम र पार्टीको कामको समीक्षा भइरहेको बताउँदै उनले कामको परिणाम देखिने पनि बताएका छन् । भन्छन्, ‘पार्टीलाई एकताबद्ध गर्ने, विकास निर्माणको कामलाई गति दिने, सुशासनका विषयमा समीक्षा गर्ने, उच्छृंखल गतिविधि देखा पर्ने वातावरण कसरी आयो? भन्ने विषयमा समीक्षा गर्ने निर्णय गरेका छौं,’ । उनले गत वर्ष थुप्रै मौलिक अधिकारसम्बन्धी कानून बनाएको र अन्तर्रा्ष्ट्रिय सम्बन्ध सुधार भएको दाबी पनि गरे। । ‘आर्थिक वृद्धिदर ७ प्रतिशतको हाराहारीमा भएको कुरा अन्तराष्ट्रिय एजेन्सीहरुले पनि भनेका छन्। यो सबैअवस्थाले हामी निराश हुनुपर्ने अवस्था होइन। त्यति हुँदा हुँदै पनि हामी पनि कामबारे सन्तुष्ट छैनौं, हामी लिडरसीपहरु पनि कमजोरी हटाएर काममा गति दिने विषयमा छलफलमा छौं।’ उनले भने । कार्यकारी अध्यक्षको भूमिका कहिले पाउनु हुन्छ भन्ने प्रश्नमा अध्यक्ष प्रचण्डले पार्टीले जे निर्णय गर्छ, जे सहमति गर्छ त्यही हुन्छ भन्ने जवाफ दिए । प्रचण्डले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको र काममा खटिरहनु भएकोले स्वास्थ्य सम्बन्धी अनावश्यक प्रचारबाजी सही नभएको पनि बताए ।

सम्बन्धित खवर