नगरपालिकाले संविधानसभा सदस्यद्वय राई र मगरलाई सम्मानित गर्यो - Sainokhabar
  • शनिबार, जेठ ०१, २०७८

नगरपालिकाले संविधानसभा सदस्यद्वय राई र मगरलाई सम्मानित गर्यो

साइनो समचारदाता

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले संविधान दिवशका अवसरमा पहिलो संविधानसभा सदस्य (०६४) लालबहादुर सुस्लिङ मगर र दोस्रो संविधानसभा सदस्य (०७०) चण्डीप्रसाद राईलाई सम्मान गरेको छ ।

शनिबार सम्मानीत भएका सम्मानीतद्वय राई नगरको वडा नम्बर १० र मगर वडा नम्बर ६ का स्यायी बासन्दिा हुन् । नगर प्रमुख दिलिपकुमार राई र उपप्रमुख यमुना विष्ट वास्तोलाले संविधान निर्माणमा पुर्याएको योगदानको कदर गर्दै दोसल्ला र सम्मान पत्रले सम्मान गरेका हुन् । सो क्रममा सभासदद्वयले संविधान निर्माणका क्रममा अतिवादीहरुसँग संघर्ष गरेर जनताको सर्वाेपरी हितको संविधान बनाउन लागि परेका घटनाक्रमहरु सुनाए । लामो समय सामन्तीतन्त्र, बेथिती, भ्रष्टाचार तथा गरिवीमा जकडिएको मुलुकलाई २ वर्षमै आमुल परिवर्तन गर्न नसकिने भएकाले जनताको सवै अपेक्षा तत्कालै पुरा हुन भइनसकेको चर्चा समेत गरेका छन् ।

कार्यक्रममा नगर प्रमुख राईले नयाँ संविधानको जगमा रहेर नगरको विकासमा आफुहरु प्रतिवद्ध भएर लागिरहेको सुनाए । उनले १० वटै वडामा आधारभूत स्वास्थ्य सेवा विस्तारका लागि नगरको पहलमा पछिल्लो पटक सरकारले बाँकी रहेका ७ वटा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्न ३ करोड ६१ लाख रकम विनियोजन गरेको वताए ।

सम्बन्धित खवर