संविधान दिवसमा दिपावली गरियो - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

संविधान दिवसमा दिपावली गरियो

साइनो समचारदाता

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको सवै वडा कार्यालयहरुमा शुक्रबार साझ संविधान दिवसको अवसरमा दीपावली गरिएको छ । नगरपालिका कार्यालयमा नगर प्रमुख दिलिपकुमार राईको अगुवाईमा दिपावली भएको छ ।

वडा नम्वर १० मा संविधानसभा सदस्य चण्डीप्रसाद राईको अगुवाईमा वडा कार्यालयले कार्यालय अगाडि नेपालको नक्सामाथि आकर्षक रुपमा मैनवत्ती बालेर दिपावली गरेको छ । दिपावलीको अवसरमा बोल्दै संविधानसभा सदस्य राईले ०७२ सालमा निर्माण भएको संविधानको मर्मलाई आत्मसाथ गर्दै अघि बढेमा मुलुकको समृद्धि हुनेखालको संविधान बनेको जनाए । वडा जनप्रतिनिधि, कर्मचारी, स्थानीय समाजसेवी, संघ संस्थाका प्रतिनिधि, भूटानी शरणार्थी र सशस्त्र प्रहरी बेस क्याम्पका सुरक्षाकर्मीको सहभागितामा दिपावली गरिएको हो ।

अन्य सवै वडा कार्यालयमा पनि वडा जनप्रतिनिधिहरुको अगुवाईमा कर्मचारी, स्थानीय समाजसेवी, संघ संस्थाका प्रतिनिधि सम्मिलित भई दिपावली गरिएको छ । विहान नगरपालिका कार्यालयको आयोजनामा पथरी बजारमा प्रभातफेरी गर्दै नगरपालिका कार्यालय र १० वटै वडा कार्यालयमा झण्डोत्तोलन समते गरिएको छ ।

विहान वडा नम्वर १ स्थित नगरपालिका कार्यालयबाट सुरु भएको पञ्चेबाजा सहितको र्याली २ को बुद्धचोकसम्म पुगेर पथरी बजार परिक्रमा गरी कार्यालयमा नेपाली राष्ट्यि झण्डा फहराउने कार्यक्रममा समावेश भएको थियो । संविधानसभा सदस्य चण्डीप्रसाद राई, नगरपालिका प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, नगरपालिका उपसचिव शालिग्राम काफ्ले सहित वडाध्यक्ष, कार्यपालिका सदस्य, सदस्य, कर्मचारी, सुरक्षाकर्मी तथा स्थानीय संघ संस्थाका प्रतिनिधि एवम् समाजसेवीहरु प्रभातफेरीमा सहभागीता जनाएका थिए । नगरमा झण्डोत्तोलनपछि बोल्दै नगर प्रमुख राईले जनताको बलिदान तथा संघर्षबाट प्राप्त संविधानको जगबाट नगर सहित मुलुकको समग्र विकासको गति अघि बढ्दै गरेको जनाए ।

यसैगरी, नगरको कार्यक्रमपछि प्रत्येक वडा कार्यालयहरुले पनि झण्डोत्तोलन गरेका थिए । हिजो प्रत्येक वडाका बजार तथा महत्वपूर्ण स्थानमा सरसफाई र साँझ नगरपालिका कार्यालयमा दिपावली गरिएको थियो । साथै प्रत्येक नगरवासीलाई साँझ दिपावली गर्न नगरले आव्हान समेत गरेको छ । ३ दिने संविधान दिवशको कार्यक्रम अन्तर्गत नगरपालिका कार्यलयमा भोली नगरमा बसोबास गर्ने पहिलो संविधानसभा सदस्य लालबहादुर सुस्लिङ र दोस्रो संविधानसभा सदस्य चण्डीप्रसाद राईलाई सम्मान गर्ने कार्यक्रम छ । साँझ नगरपालिका कार्यालयमा दिप प्रज्वलन गरी दिवश कार्यक्रम समापन गरिने कार्यपालिका बैठकले निर्णय गरेको छ ।

सम्बन्धित खवर