लिम्बुवान राष्ट्रिय समितिले कालो दिन मनाउने - Sainokhabar
  • शुक्रबार, बैशाख २४, २०७८

लिम्बुवान राष्ट्रिय समितिले कालो दिन मनाउने

साइनो समचारदाता

काठमाडौं । समाजवादी पार्टीको ‘लिम्बुवान राष्ट्रिय समिति’ले लिम्बुवान राज्य सुनिश्चित नभएसम्म संविधान जारी भएको दिन असोज ३ लाई ‘कालो दिन’कै रुपमा विरोध गर्ने जनाएको छ ।

समितिका अध्यक्ष खगेन्द्र माखिमले बिहीबार एक प्रेस विज्ञप्ती निकाल्दै असोज ३ लिम्बुवानको लागि कालो दिन नै भएको उल्लेख गरे । सत्तारुढ दल समाजवादी पार्टीले असोज ३ गते संविधान दिवस पनि नमनाउने कालो दिन पनि नमनाउने निर्णय गरेको छ । संविधान दिवसमा समाजवादी तटस्थ रहने लाइनमा उभिए पनि सो पार्टीका कार्यकर्ताहरुले भने असोज ३ लाई कालो दिनकै रुपमा विरोध गरिरहेका छन् ।

सम्बन्धित खवर