गजल - Sainokhabar
  • शनिबार, कार्तिक ०८, २०७७

गजल

सागर केरुङ

आकास धर्ति साँची राख्छ, उहीं पापी मान्छे
देवी-देउताहरु सबै भाक्छ, उहीं पापी मान्छे

दिनभर पुजापाठ,पुराणहरुमामा व्यस्त हुन्छ
कालरात्री झैं रातमा जाग्छ, उहीं पापी मान्छे

अन्याय मान्छे संग,गल्ति मान्छे संग गर्छ
मन्दिर संग माफी माग्छ, उहीं पापी मान्छे

जीवन जगत भूलिदिन्छु, सेवा गर्छु भन्दै
हड्डी भित्रको बोसो ताक्छ, उहीं पापी मान्छे

सम्बन्धित खवर