नगरमा प्रभातफेरि र झण्डोत्तोलन - Sainokhabar
  • बिहिबार, बैशाख २३, २०७८

नगरमा प्रभातफेरि र झण्डोत्तोलन

साइनो समचारदाता

पथरी । मुलकभर संविधान दिवस मनाइरहदा मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालय र १० वटै वडा कार्यालयले कार्यालयमा झण्डोत्तोलन शुक्रबार गरिएको छ । विहान वडा नम्वर १ स्थित नगरपालिका कार्यालयबाट सुरु भएको पञ्चेबाजा सहितको र्याली २ को बुद्धचोकसम्म पुगेर पथरी बजार परिक्रमा गरी कार्यालयमा नेपाली राष्ट्यि झण्डा फहराउने कार्यक्रममा समावेश भएको थियो ।

संविधानसभा सदस्य चण्डीप्रसाद राई, नगरपालिका प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, नगरपालिका उपसचिव शालिग्राम काफ्ले सहित वडाध्यक्ष, कार्यपालिका सदस्य, सदस्य, कर्मचारी तथा स्थानीय संघ संस्थाका प्रतिनिधि एवम् समाजसेवीहरु प्रभातफेरिमा सहभागीता जनाएका थिए । नगर प्रमुख राईले जनताको बलिदान तथा संघर्षबाट प्राप्त संविधानको जगबाट नगर सहित मुलुकको समग्र विकासको गति अघि बढ्दै गरेको जनाए । ३ दिने संविधान दिवशको कार्यक्रम अन्तर्गत नगरपालिका कार्यलयमा भोलि विहान ११ बजे पहिलो संविधानसभा सदस्य लालबहादुर सुस्लिङ र दोस्रो संविधानसभा सदस्य चण्डीप्रसाद राईलाई सम्मान गर्ने कार्यक्रम छ ।

सम्बन्धित खवर