प्रदेश सरकारले सम्मान गर्यो - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

प्रदेश सरकारले सम्मान गर्यो

साइनो समचारदाता

विराटनगर । संविधान दिवसको अवसरमा १ नम्बर प्रदेश सरकारले विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ ।

शुक्रबार प्रदेश राजधानी बिराटनगरमा आयोजना गरेको कार्यक्रममा २४ पटक सगरमाथा आरोही कामिरिता शेर्पा, राष्ट्रिय गानको रचनकार ब्याकुल माइला र बिश्व अल्ट्रा धाविका मिरा राईलाई सम्मान गरेको हो । जनही ५ लाख नगदसहित २४ औं पटक सगरमाथा आरोही गरी विश्व कीर्तिमानी कामिरिता शेर्पा, अल्ट्रा धाविका मिरा राई, राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई विषेश सम्मान गरिएको थियो ।कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले संविधान प्रदत्त जनताको हक अधिकारलाई व्यवहारमा रुपान्तरण गर्न अहिलेको आवश्यक रहेको बताएका छन् । संविधान दिवस २०७६ विशेष समारोह अनौपचारिक कार्यक्रम अघि प्रभातफेरि गरिएको थियो ।

 

]

सम्बन्धित खवर