उपनिर्वाचनमा २१ दल भाग लिन इच्छुक - Sainokhabar
  • शनिबार, फागुन १५, २०७७

उपनिर्वाचनमा २१ दल भाग लिन इच्छुक

साइनो समचारदाता

काठमाडौं । मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि मङ्गलबारसम्म २१ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन । अब २१ दलले चुनाबमा भाग लिन सक्नेछ । निर्वाचन आयोगले भदौ मसान्तसम्मको अवधि दर्ताको लागि समय तोकेको थियो ।

आयोगका सहसचिव एवं प्रवक्ता गिरिजा शर्माले मङ्गलबारसम्म आयोगमा २१ वटा राजनीतिक दलले उपनिर्वाचन प्रयोजनका लागि निवेदन दर्ता गराएको जानकारी दिए । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० र ‘समाजवादी पार्टी’, मङ्गोल नेसनल अर्गनाइजेसन, मुस्कान सेना नेपाल पार्टी, साझा पार्टी, नेपाल परिवार दल, राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक०, नेपालवाद, राष्ट्रिय नागरिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी ९संयुक्त०, नेपाल लोकतान्त्रिक पार्टीले दल दर्ताका लागि निवेदन दिएका छन्।यसैगरी नेपाल कम्युनिस्ट पार्टी संयुक्त, खुम्बुवान लोकतान्त्रिक पार्टी, नेपाली काँग्रेस बीपी, ग्रीन पार्टी नेपाल, ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी, आमूल परिवर्तन मसिहा पार्टी नेपाल र हाम्रो पार्टीले दर्ता गराए ।

सम्बन्धित खवर