सुकुम्बासीले निर्माण गरे, भुमाफिया गृह - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

सुकुम्बासीले निर्माण गरे, भुमाफिया गृह

साइनो समाचारदाता

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाका स्थानीय सुकुम्बासीहरुले भुमाफिया बन्दी गृह स्थापना गरेका छन ।


मङ्गलबार नगरको वडा नम्बर ७ को किराँती चोकमा बन्दी गृह निर्माण गरिएको हो । सुकुम्बासीहरुबाट सहयोग सङ्कलन गरि करिब १ लाख को लागतमा गृह निर्माण गरिएको हो।

बन्दी गृहमा भुमाफिया, भ्रष्टाचारी, दलाली राखिने सुकुम्बासी संघर्ष समितिका अगुवा मौसम परिवर्तन याल्थुङ्बाले जनाए । सुकुम्बासीहरुले ताप्लेजुङ निवासी हाल दमक बसोबास गरिरहेका भरत भट्टराई पहिलो बन्दी बनाएका छन। भट्टराई लाई गत शनिबार स्थानीयले थुनेर राखेका थिए ।

सम्बन्धित खवर