हरियालीद्वारा १ करोड १३ लाख आय - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

हरियालीद्वारा १ करोड १३ लाख आय

साइनो समचारदाता

पथरी । हरियाली सामुदायिक बन उपभोक्ता समूह पथरी शनिश्चरे मोरङले १ करोड १२ लाख ६८ हजार ५ सय ७० रुपैया व्यय गरेको छ । सोमबार १४ औ साधारण सभाको अवसरमा बनले आर्थिक बर्ष २०७५÷०७६ मा सो रकम बराबरको व्यय गरेको हो । १ करोड १३ लाख २६ हजार १ सय ९३ आय गरेको बनले ८ लाख २४ हजार ७ सय ९७ दायित्ब तथा भुक्तानी दिनुपर्ने हिसाब सार्वजनिक गरेको छ ।

सभाको अवसरमा पथरीका २ पत्रकार सम्मानित भएका छन । पथरी एफ एम का प्रबन्ध निर्देशक मोहन भटराई र पत्रकार महासंघका केन्दि«य पार्सद अर्जुन जमेली राई सम्मानपत्रले सम्मानित भएका छन । ६ जेष्ट जेष्ठ नागरिक, पूर्व टोल प्रमुुखहरुलाई सम्मानीत भएका छन् । नगर प्रमुख दिलिप कुमार राई, जिल्ला डिभिजन वन कार्यलय मोरङका अधिकृत राम लखन ठाकुरले सम्मानीत हुनेहरुलाई सम्मान गरेका हुन् । सम्मान मात्र होइन, अति विपन्न उपभोक्ता ९ एकल महिला, दलित,जनजाति,अपाङग,असाहय गरी ३० जनालाई सालको खाट वितरण गरिएको छ । वनका अध्यक्ष काबुल मगरले बनले अति विपन्न २ उपभोक्ता नर बहादुर चौहान र राम कमार राईलाई घर निर्माण गरी हस्तान्तरण गरेको पनि बताएका छन ।

हरियाली सामुदायिक वन देशकै नमुना वन बन्दै गणेशमान सिंह सामुदायिक वन प्रथम राष्ट्रिय पुरस्कार २०७६बाट सम्मानित पनि भएको वन हो । २०५६ सालमा स्थापना भएको सो वनकोे क्षेत्रफल २४५.९४ हेक्टर रहेको छ भने वनमा हाल पथरीशनिश्चरे नगरपालिका वडा नम्बर २, ३ र ७ नम्बर वडाका एक हजार २८ घर धुरी उपभोक्ता सदस्यहरु आवद्ध रहेका छन् ।

सम्बन्धित खवर