लिम्बुवानले उपनिर्वाचनको तयारी थाल्यो - Sainokhabar
  • आइतबार, फागुन १६, २०७७

लिम्बुवानले उपनिर्वाचनको तयारी थाल्यो

साइनो समचारदाता

दमक । लिम्बुवानले संघीय लिम्बुवान मञ्च नेपालले मंसिर १४ गते हुने उपनिर्वाचनको तयारी थालेको छ । मञ्चले आफ्ना केन्द्रीय र लिम्बुवान प्रान्तीय बैठकको निर्णय सार्वजनिक गर्दै उपनिर्वाचन तयारी थालेको जनाएको हो । बैठक गत भदौ २०, २१ र २२ गते धरानमा सम्पन्न भएको थियो ।

लिम्बुवान र किरात खम्बुवान भित्रका सम्पूर्ण रिक्त पदमा दापसहितको खुकुरी चुनाव चिन्हबाट सशक्त रुपमा भाग लिन संयोजकमा बरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङ, सदस्यमा प्रदेश सदस्य तथा उपाध्यक्ष विष्णु तुम्बाहाम्फे र उपाध्यक्ष चन्द्र खापुङ गरी तीन सदस्यीय उपनिर्वाचन परिचालन समिति निर्माण गरेको छ । पत्रकार मञ्च दमकको कार्यालयमा पत्रकार सम्मेलन गरी महासचिव शान्ता योङहाङद्वारा हस्ताक्षरित जारी विज्ञप्तिमा पहिचानको मुद्दालाई गोलीले दवाएर तीन दलले संविधान ल्याएको दिन असोज ३ लाई कालो दिनको रुपमा ब्यापक रुपमा मनाउन काठमाण्डौ, विराटनगर र गाउँ गाउँमा कालो झण्डा गाडेर कालो दिन मनाइने उल्लेख छ ।

सम्बन्धित खवर