नेकपाले सांघातिक हमला गर्योः कांग्रेस - Sainokhabar
  • मङ्गलबार, फागुन १८, २०७७

नेकपाले सांघातिक हमला गर्योः कांग्रेस

साइनो समचारदाता

बारा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का खजुरा गा.पा. वडा नं. १ का वडा अध्यक्ष सुमन मल्लको निर्देशनमा सोही वडाका सुनिल, मुमबहादुर वली, निर्मल खत्री लगायतका १३–१४ जनाको समूहले नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइराला, केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनाल लगायत पार्टीका दर्जनौँ कार्यकर्ताहरुमाथि सुनियोजित एवं सांघातिक हमला गरेको कांग्रेसले जनाएको छ ।

सभाहलभित्रै प्रवेश गरी “यो हाम्रो क्षेत्र हो यहाँ नेपाली कांग्रेसले कार्यक्रम गर्न पाउँदैन” भन्दै हमला गरेको नेपाली कांग्रेसका मूख्य सचिब कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ । जननायक वीपी कोइरालाको १०६ औं जन्म जयन्तीका दिन भदौ २४ गते देखि प्रारम्भ भएको हिमाल, पहाड, तराई–मधेश (हिपतम) राष्ट्रिय जागरणको दोस्रो चरणको अभियानका क्रममा विहीबार बाँकेमा कांग्रेसले कार्यक्रमको आयोजना गरिएको थियो । जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ को प्रदेश सभा क्षेत्र नं. २ को खजुरा गाउँपालिका वडा नं. २ सितापुर स्थित नेपाल रेडक्रसको हलमा कार्यक्रम भैरहेको बेला घट्ना घेटेका थियो । घट्नाबाट जिल्ला सभापति किरण कोइरालाको हात फ्याक्चर हुनुका साथै दर्जनौ कार्यकर्ताहरु घाइते भएका छन् । नेकपाका ५०–६० को संख्यामा रहेका कार्यकर्ताहरुले कार्यक्रम विथोल्ने उद्देश्यका साथ सडकमा समेत नारावाजी गरेको घट्नाप्रति घोर निन्दा र भत्र्सना कांग्रेसले गरेको छ ।

कांग्रेसले घटनाको विरोधमा काठमाडौं, ललितपुर र भक्तपुरका नेपाली कांग्रेस जिल्ला सभापतिहरूको अगुवाइमा गृहमन्त्री मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउने, बाँकेमा विरोध प्रदर्शन गरेर स्थानीय प्रशासनलाई लिखित जाहेरी बुझाउने र शनिबार माइतिघर मण्डलामा शान्तिपूर्ण धर्ना दिने कार्यक्रम समेत तय गरेको छ । पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जिल्ला सभापति किरण कोइराला लगायतलाई नेकपाका कार्यकर्ताहरुले गरेर घाइते बनाएको दाबी गरेका छन्। नेकपा बाँकेका अध्यक्ष आइपी खरेलले भने घटनाको खण्डन गरेका छन्।

 

यस्तो छ कांग्रेसको विज्ञप्ती

भाद्र २६, २०७६
प्रेस विज्ञप्ति

जननायक वीपी कोइरालाको १०६ औं जन्म जयन्तीका दिन भदौ २४ गते देखि प्रारम्भ भएको हिमाल, पहाड, तराई–मधेश (हिपतम) राष्ट्रिय जागरणको दोस्रो चरणको अभियानका क्रममा आज बाँके जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ को प्रदेश सभा क्षेत्र नं. २ को खजुरा गाउँपालिका वडा नं. २ सितापुर स्थित नेपाल रेडक्रसको हलमा कार्यक्रम भैरहँदा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का खजुरा गा.पा. वडा नं. १ का वडा अध्यक्ष सुमन मल्लको निर्देशनमा सोही वडाका सुनिल, मुमबहादुर वली, निर्मल खत्री लगायतका १३–१४ जनाको समूह सभाहलभित्रै प्रवेश गरी “यो हाम्रो क्षेत्र हो यहाँ नेपाली कांग्रेसले कार्यक्रम गर्न पाउँदैन” भन्दै नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइराला, केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनाल लगायत पार्टीका दर्जनौँ कार्यकर्ताहरुमाथि सुनियोजित एवं सांघातिक हमला गरेको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ ।

जिल्ला सभापति किरण कोइरालाको हात फ्याक्चर हुनुका साथै दर्जनौ कार्यकर्ताहरु घाइते भएका छन् । नेकपाका ५०–६० को संख्यामा रहेका कार्यकर्ताहरुले नेपाली कांग्रेसको कार्यक्रम विथोल्ने उद्देश्यका साथ सडकमा समेत नारावाजी गरेका थिए । यत्रो ठूलो घटना हुँदा पनि सुरक्षा निकाय परिचालित नहुनु र गृह प्रशासन समेत संवेदनशील नहुनुलाई नेपाली कांग्रेसले सुनियोजित एवं अत्यन्त गम्भीर घटनाको रुपमा लिएको छ । राजनीतिक दलले सांगठनिक कार्यक्रम गर्न पाउने संवैधानिक अधिकारमाथि सिधा आक्रमण प्रारम्भ गरिएको रुपमा नेपाली कांग्रेसले लिएको छ ।

बढु्दो महंगी, भ्रष्टाचार, महिला हिंसा, बलात्कार, हत्याका विरुद्ध, अलोकतान्त्रिक विधेयकका विरुद्ध र कम्युनिष्ट सरकारको सम्पूर्ण कुशासनका विरुद्ध नेपाली कांग्रेसले गरेको हिपतमको पहिलो र दोस्रो चरणका कार्यक्रमहरुमा उर्लदो जनलहर र जनसहभागिता देखेर सर्वसत्तावाद उन्मुख कम्युनिष्ट सरकार र उनीहरुका कार्यकर्ताहरु अतालिएका छन् । सत्तारुढ दल र सरकार यसरी स्वतन्त्र रुपमा कार्यक्रम गर्न पाउने संविधानप्रदत्त नागरिक र दलको अधिकारमाथि समेत ठाडो उल्लंघन गर्न उद्दत रहेको छ ।

नेपाली कांग्रेस यस घटनाको घोर निन्दा र भत्र्सना गर्दछ । साथै, भविष्यमा यस्ता घटनाहरु पुनः नदोहोर्याउन नेपाल कम्युनिष्ट पार्टीलाई नेपाली कांग्रेस चेतावनी दिन चाहन्छ र आफूलाई जिम्मेवार राजनीतिक दलको रुपमा प्रस्तुत हुन समेत आग्रह गर्दछ । आक्रमणकारीहरुलाई तत्काल कडा भन्दा कडा कारवाही गर्न सरकारसँग जोडदार माग गर्दछ ।

कृष्णप्रसाद पौडेल
मुख्य सचिव

सम्बन्धित खवर