स्वास्थ्य मन्त्रीले राजीनामा दिनुपर्छः कांग्रेस(भिडियो सहित) - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

स्वास्थ्य मन्त्रीले राजीनामा दिनुपर्छः कांग्रेस(भिडियो सहित)

साइनो समचारदाता

काडमाडौं । बिहीबार प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डेंगी रोक्न नसकेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको राजीनामा माग गरेको छ ।

बैठकमा कांग्रेस सांसद सञ्जयकुमार गौतमले डेंगी संक्रमणले मुलुक आक्रान्त तथा आतंकित भए पनि सरकार मौन बसेको आरोप लगाए । उनले भने, ‘स्वास्थ्य मन्त्री कता हुनुहुन्छ । मुलुक डेंगीले आतंकित छ। संकटकाल घोषणा गर्ने बेला भइसक्यो। सरकार कुम्भकर्णको निन्द्रामा सुतेको छ ।’ सदनमा रूलिङ र सत्तापक्ष सांसदले विरोध गरेर मात्रै डेंगी संक्रमण नियन्त्रणमा आउन नसक्ने उनको भनाई थियो । ‘सदनमा विरोध र आक्रोश छ। रूटिङ मात्रै गरेर हुँदैन सभामुख महोदय,’ उनले भनेका छन् ‘स्वास्थ्य मन्त्री कहाँ हुनुहुन्छ? स्वास्थ्य मन्त्रीको राजीनामा माग गर्छु, सरकार दर्शक बनेर हुँदैन।’ मन्त्री, सांसद, स्वास्थ्यकर्मी र ५८ जिल्लाका जनता डेंगीबाट पीडित हुँदा पनि सरकार मौन रहेको बताउँदै आलोचना गरे । उनले भने, ‘तत्काल स्वास्थ्य मन्त्रीको राजीनामा माग गर्छु ।’

सम्बन्धित खवर