धिमाल आदिवासीको नाममा जागिर खाने क्षेत्रीलाई कार्वाहीको माग - Sainokhabar
  • शनिबार, बैशाख २५, २०७८

धिमाल आदिवासीको नाममा जागिर खाने क्षेत्रीलाई कार्वाहीको माग

साइनो समचारदाता

बेलबारी । धिमाल आदिवासीको नाममा जागिर खाने गैह्र धिमाललाई कार्वाही गर्न धिमाल जातीय विकास केन्द्रले माग गरेको छ । मंगलबार धिमाल जातीय विकास केन्द्रका महासचिव केदार धिमालद्वारा जारी विज्ञप्तीमा सो माग गरिएको हो ।

खोटाङ जिल्ला साकेला गाउँपालिकाका विष्णुप्रसाद धिमाल भनिने क्षेत्री समुदायका मानिसलाई आदिबासी धिमालको कोटामा लोक सेवा आयोग, बागलुङले वन सेवा अन्तर्गत द्वितीय श्रेणी सिनियर गेम स्काउटमा नियुक्ती गरेको विषयमा केन्द्रको ध्यान आकृष्ट भएको बताएको छ । धिमाल आदिबासीको नाममा यस्तो फाइदा लुट्ने जोकोहीलाई सत्य तथ्य छानबिन गरी कानुनी कार्बाही गर्न विज्ञप्तीमार्फत् माग गरिएको छ । धिमालहरु मुलतः झापा, मोरङ, सुनसरी, इलाम र काठमाडौं जिल्ला बाहेक अन्य जिल्लामा नगन्य रुपमा रहेको र खोटाङ जिल्लामा धिमालहरुको बसोबास नभएको समेत बताएको छ । बसोबास नभएको जिल्लाबाट पनि नक्कली कागजात मिलाएर या कर्मचारीसँगको मिलेमतोमा धिमालहरुको भाग खोस्ने काम गर्ने जोकोहीलाई कानुनी कठघरामा उभ्याउनु पर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ । लोक सेवा आयोग, बागलुङ कार्यालय, बागलुङले मिति २०७५ साल भदौ १९ गते विज्ञापन नं. १३९१९÷२०७४—२०७५ मा प्रकाशन गरेर खोटाङ जिल्ला साकेला गाउँपालिकाका विष्णुप्रसाद धिमाल भनिने क्षेत्री समुदायका मानिसलाई आदिबासी धिमालको कोटामा लोक सेवा आयोग, बागलुङले वन सेवा अन्तर्गत द्वितीय श्रेणी सिनियर गेम स्काउटमा नियुक्ती गरेको छ ।

लोक सेवा आयोग बागलुङ कार्यालयले गम्भीर गल्ती गरेको भन्दै किरात राई विद्यार्थी संघले विष्णुप्रसाद धिमालको परीक्षाको छानविन गरी दोषीालाई कारबाही गर्न माग गरेको छ ।

सम्बन्धित खवर