गायक थेगिम बचाउको अपिल - Sainokhabar
  • आइतबार, बैशाख २६, २०७८

गायक थेगिम बचाउको अपिल

साइनो समचारदाता

चुलाचुली (इलाम) । विभिन्न रोगबाट पीडित पुर्वेली लोक गायक मोहन थेगिम बचाउ अभियान्तहरूले सहयोग संकलन हस्तान्तरण गरेको छ ।

विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी अभियान्तहरू गगन लावती, शरणहाङ जवेगु, रेखा राई, कमला लावती, दीपकमल लिम्बूले संयुक्त रूपमा गायक थेगिमलाई ३३ हजार ४० रूपैयाँ सहयोग संकलन हस्तान्तरण गरिएको थियोे । चुलाचुली गाउँपालिका वडा नं.३ मिलन चोक स्थित स्थायी घर भएको ४१ वर्षीय थेगिमको सुरूमा लिभर समस्या देखिएपछि उनलाई थप अल्सर, मृगौला, फोक्सोमा पानी जमेकोले स्वास्थ अवस्था जटिल बन्दै गएको पीडित थेगिमले बताएका छ । पत्रकार सम्मेलनमा अभियान्ता गगन लावतीले थेगिमको पारिवारिक आर्थिक समस्याकै रहेकाले कुरूम्बेली समाज सेवा, चुलाचुली मिडिया, फेमस् अनलाइन टिभि मार्फत् सहयोगको लागि अपिल गरिएका छन् । सहयागीहरुले विरामी मोहन थेगिमकै नाममा खोलिएको नविल बैंकको खाता नं. २२१००२७५०४४३० मा सहयोग गर्न अपिल गरिएको छ । ९८१४३६६९५४, ९८०६०४७७१७, ९८०६०४७७१७ नम्बरमा फोन गरेर पनि सहयोग गर्न सकिने अभियन्ताले जनाएका छन् ।

सम्बन्धित खवर