‘कथा औशीको’ भव्य प्रदर्शन - Sainokhabar
  • बिहिबार, फागुन १३, २०७७

‘कथा औशीको’ भव्य प्रदर्शन

तस्वीरः सन्तोष किराती

साइनो समचारदाता

पथरी । रिहन्ना फिल्मस् इन्टरटेन्टमेन्ट प्रालिले आफ्नो व्यानरमा निर्माण गरिएको चलचित्र ‘कथा औशीको’ प्रर्दशन गरेको छ ।

सोमबार गोर्खा डिपार्टमेन्ट स्टोर पथरी शनिश्चरे, मोरङमा चलचित्र प्रदर्शन गरेको हो । प्रिमियर शोमा हल खचाखच थियो । चलचित्रले दर्शकको राम्रो साथ पायो । पथरी शनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राईले औशीको गलत प्रथालाई हटाउन चलचित्रले सन्देश दिएको भन्दै औशीको प्रथा हटाउन सबैले भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् । दर्शकहरुले चलचित्रप्रति मिश्रित प्रतिक्रिया दिएको छ । निर्माता सिवानी सिप्तुङ्खा राई रहेको चलचित्रको प्रमुख सहायक निर्देशक तथा कथा लेखक मौसम परिवर्तन याक्थुङबाको रहेको थियो । चलचित्रमा विनिसा लिम्बु, दिलमान बेघा, अभिषेक शेर्मा, विना तामाङ, चन्द्रध्वज बेघा, सरोज योङहाङलगायतको अभिनय रहेको छ । मित्र लिङ्देनको निर्देशनमा बनेको चलचित्रमा मंगल सिंह लिम्बु विशाल कार्यकारी निर्माता, किशोर सिंह लिम्बु सहनिर्माता रहेको चलचित्रको मुहासिं थापामगरले सम्पादन र प्रिती योगीले श्रृगार गरेका छन् । नेपाली समाजमा औसी प्रथा सम्बन्धी विशेष खोज अनुसन्धान गरी औसी प्रथा गलत प्रथा हो भन्ने सन्देश दिन खोजेको निर्माण सहायक निर्देशक याक्थुङ्बाले बताएका छन् । फिल्म करिब २२ लाखको लागतमा निर्माण भएको हो । फिल्मको साता अघि हाइलाइट्स नेपालबाट एक मिनेट ५० सेकेन्डको ट्रेलर सार्वजनिक गरिएको थियो ।

सम्बन्धित खवर