सम्पादक बेघासहित ८ सम्मानीत - Sainokhabar
  • बिहिबार, फागुन १३, २०७७

सम्पादक बेघासहित ८ सम्मानीत

साइनो समचारदाता

पथरी । रिहन्ना फिल्मस् इन्टरटेन्टमेन्ट प्रालिले साइनो खबरका सम्पादक तथा क्रेजी डटकमका कार्यकारी सम्पादक फिपराज बेघा सहित ८ जनालाई सम्मान गरेको छ ।

प्रालिद्वारा निर्माण गरेको c प्रिमियर शोको अवसरमा सम्मान गरेको हो ।

सम्मानीत हुनेहरुमा प्रथम लिम्बु नायिका शोभा खजुम, वरिष्ठ लिम्बु नायक÷निर्देशक प्रेम सुब्बा, प्रथम धिमाल समुदायको मुर्तिकार बुद्धिमान धिमाल, नेपाल ललितपुर प्रज्ञा प्रतिष्ठान सदस्य तथा वरिष्ठ चित्रकार सरोजा खडगी, रंगकर्मी वनेम बिक्रम फागो, गायक हर्क श्रेष्ठ र दलित महिला संघकी अध्यक्ष मिना सेञ्चुरी छन् ।

पथरी शनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राईले सम्मानीतहरुलाई सम्मान पत्रले सम्मान गरेको हो । सम्मानीत सेन्चुरीलाई नगद ५ हजारसमेत प्रदान गरेको थियो ।


प्रिमियर शो कार्यक्रम सोमबार गोर्खा डिपार्टमेन्ड स्टोर पथरी शनिश्चरे, मोरङमा गरिएको थियो ।

सम्बन्धित खवर