सत्तारुढ नेकपा निकट प्रगतिशिल व्यवसायी पराजित, दमक उद्योग बाणिज्यमा लोकतान्त्रिक समूहको वर्चश्व (सबै मत परिणामसहित) - Sainokhabar
  • शनिबार, फागुन १५, २०७७

सत्तारुढ नेकपा निकट प्रगतिशिल व्यवसायी पराजित, दमक उद्योग बाणिज्यमा लोकतान्त्रिक समूहको वर्चश्व (सबै मत परिणामसहित)

साइनो समचारदाता

दमक । झापाको दमक उद्योग वाणिज्य संघको चुनाबी मतपरिणामबाट गोकुल श्रेष्ठ निर्वाचित भएका छन् । आइतबार अन्तिम मत परिणामबाट श्रेष्ठले १४ सय ११ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनले विमल खतिवडा(९१६ मत)लाई पराजित गरेका हुन् ।

संघको बरिष्ट उपाध्क्षमा देबीप्रसाद गुरागाँई गोपाल (१२७६ मत), प्रथम उपाध्यक्षमा राजु खड्का (१२०९), द्धितिय उपाध्यक्ष राजकुमार योङ्या (१०१२ मत), तृतिय उपाध्यक्षमा रमा लिम्बु (१२०२ मत) विजयी भएका छन् ।

खुल्ला सदस्यमा असिम राई, चन्द खत्री दाहाल, तुलसीराम तिम्सिना, नवीन कुमार अग्रवाल, भरतकुमार चम्लागाई र राजकुमार थापा निर्वाचित भएका छन् । बस्तुगततर्फ गायत्री पौडेल सन्तोष, तोयानाथ अधिकारी राजेश, दिनेश प्रसाद सुबेदी, मोहन ढकाल, स्वल अधिकारी सदसयमा निर्वाचित भएका छन् । महिला सदस्यमा विन्दु सिटौला लक्की, सुष्मा निरौला न्यौपाने निर्वाचित भएका छन् भने लेखा समिति संयोजकमा खोमप्रसाद वगाले र सदस्यहरुमा कृष्णराज दाहाल र मोहन मगर मीन निर्वाचित भएका छन् । भदौ २० गते संघको कार्यकारिणी समिति र लेखा समितिको निर्वाचन प्रक्रिया सुरु भएको थियो । मगगणना भदौ २१ गते ११ः५० देखि भदौ २२ गते विहान ७ वजे मत गणना समाप्त भएको थियो ।

निर्वाचनमा संयुक्त लोकतान्त्रिक समूहले सत्तारुढ नेकपाको प्रगतिशील व्यवसायीलाई हराएको छ । अध्यक्षसहित विभिन्न ११ पदमा लोकतान्त्रिक र सत्तारुढ नेकपाको निकट प्रगतिशील समूहले भने एक पदाधिकारी, एक लेखा संयोजक गरि १० वटा पद जितेको छ । अध्यक्ष, लेखा संयोजकसहित विभिन्न २१ पदमा दुई स्वतन्त्र गरि ४४ जना उम्मेदवारहरु निर्वाचनमा प्रतिष्पर्धी थिए ।

सम्बन्धित खवर