प्रतियोगिताको उपाधि कोशी विद्या मन्दिर र एभरेष्ट स्कूललाई - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

प्रतियोगिताको उपाधि कोशी विद्या मन्दिर र एभरेष्ट स्कूललाई

साइनो समचारदाता

विराटनगर । विराटनगर प्याब्सनले आयोजना गरेको प्याब्सन लोक नृत्य प्रतियोगिताको उपाधि कोशी विद्या मन्दिर र एभरेष्ट स्कूलले हात पारेको छ ।

विराटनगरमा आयोजित प्रतियोगिताको सिनियरतर्फ १० स्कूललाई पछि पार्दै कोशी विद्या मन्दिरले जितेको हो भने । जुनियरतर्फ पनि १० स्कूललाई पछि पार्दै एभरेष्ट स्कूलले जितेको हो । सिनियरतर्फ सगरमाथा सेकेण्डरी स्कूल दोस्रो, ग्रेडेड सेकेण्डरी स्कूल तेस्रो तथा गोदावारी सेकेण्डरी स्कूल र वीकेभिए स्कूलले सानत्वना स्थानमा चित्त बुझाएको छ भने जुनियतर्फ सुम्निमा स्कूल दोस्रो, अरनिको आवसिय माध्यामिक स्कूल तस्रो तथा मोर्डन एरा सेकेण्डरी स्कूलले सानत्वना पुरस्कार हात पारेको छ । सान्तवनासम्म पुरस्कार पाउँने सवै विद्यालयले भदौ २८ गते विराटनगरमा हुने जिल्ला स्तरीय प्याब्सन लोक नृत्य प्रतियोगितामा सहभागी हुन पाउने विराटनगर प्याब्सनका सचिव अर्जुन श्रेष्ठले जानकारी दिए ।

विद्यालयहरूमा अध्ययरत विद्यार्थीहरूको अन्तर निहित कलाकारिताको दक्षतालाई अभिवृद्धी गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा जुनियरतर्फ कक्षा ८ र सिनियरतर्फ कक्षा १२ सम्म अध्ययरत विद्यार्थीहरूले यो प्रतियोगितामा भाग लिएका थिए । प्रतियोगिताको निर्णायकहरूमा प्रेम सुनार र राजु गिरी रहेका थिए ।
उनीहरुलाई प्याब्सन केन्द्रीय सचिव राजेशकुमार दास, प्याब्सन मोरङका सह–सचिवद्वय विष्णु डंगोल र नन्दलाल मण्डल, प्याब्सन विराटनगरका अध्यक्ष इन्द्र राई, कोषाध्यक्ष शिव अधिकारी र सदस्य अशोक लामालगायतले पुरस्कार तथा ट्रफि वितरण गरे ।

सम्बन्धित खवर