किराबि विवादः जिल्ला समिति पनि विभिाजित - Sainokhabar
  • शनिबार, फागुन १५, २०७७

किराबि विवादः जिल्ला समिति पनि विभिाजित

साइनो समचारदाता

पथरी । राई विद्यार्थीहरुको साझा विद्यार्थी संगठन किरात राई विद्यार्थी (किरावि) संघको विवाद चुलिदो छ । गत २८ बैसाखमा खोटाङको दिक्तेलमा सम्पन्न संघको नवौं राष्ट्रिय सम्मेलनपछि विवाद सुरु भएको थियो । गत १८ भदौमा झापाको दमकमा भएको भेलाले केन्द्रीय समिति बनाएको घोषणा गरेपछि विवाद बाहिरिएको थियो ।

दुई केन्द्रिय समिति घोषणा भएपछि किराविको जिल्ला शाखा समिति पनि विभाजन भएको छ । किराविको प्रदेश १ मा १४ जिल्ला समिति र प्रदेश ३ मा एक उपत्यका समिति रहेको छ । पछिल्लो घोषित समितिलाई ताप्लेजुङ, पाँचथर, इलाम, झापा, उदयपुर, मोरङ, ओखलढुङ्गा, संखुवासभा र तेह्रथुमले समर्थन गरेको छ । यसरी जिल्लाको समर्थन हेर्ने हो भने पछिल्लो समितिलाई बहुसंख्यक समितिको समर्थन रहेको छ । बहुमत जिल्ला समिति आफूहरुको समर्थनमा रहेको रामचन्द्र राई नेतृत्वको समितिको दावी छ । शुक्रबार किरावि जिल्लाका अध्यक्षहरुले एक संयुक्त विज्ञप्ती जारी गर्दै रामचन्द्र राई नेतृत्वको समितिलाई समर्थन गरेको जनाएका छन् । ‘९ औं राष्ट्रिय सम्मेलनको नाममा खोटाङमा गठित एक पक्षीय, अलोकतान्त्रिक र अराजक संगठनले सम्पूर्ण किरात राई विद्यार्थीहरुको भावनालाई समेट्न नसक्ने व्यहोरा समेत अवगत गराउँदछौं,’ संयुक्त विज्ञप्तीमा उल्लेख छ, ‘यसर्थ खोटाङ सम्मेलनबाट निर्वाचित भनिएका जितेन राईको नेतृत्वको कार्य समिति हामीलाई अस्वीकार्य छ ।’ जिल्ला समितिहरुले रामचन्द्र राईको नेतृत्वमा नै रहेर आफ्नो गतिविधि अघि बढाउने न्यायप्रेमी विद्यार्थी साथीहरुलाई संयुक्त विज्ञप्तीमार्फत् जानकारी गराउन गराएको छ । अघिल्लो समितिलाई धनकुटा, भोजपुर, सुनसरी, सोलुखुम्बु, खोटाङ र उपत्यका समितिको नेतृत्वको समर्थन रहेको छ ।

गत २८ बैसाखमा खोटाङको दिक्तेलमा सम्पन्न किरावि संघको नवौं राष्ट्रिय सम्मेलनले जितेन राईको अध्यक्षतामा ५७ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको थियो । सो सम्मेलनमा विवाद सिर्जना भएपछि झापाको दमकमा वृहत भेलाको आयोजना गरिएको थियो । १८ भदौमा भएको भेलाले रामचन्द्र राईको अध्यक्षतामा ५७ सदस्यीय केन्द्रीय समिति घोषणा गरिएको थियो । खोटाङमा भएको राष्ट्रिय सम्मेलनमा अध्यक्ष मण्डलले सबै पक्षलाई नसमेटी एकलौटी रुपमा समिति घोषणा गरेको आरोप लगाउँदै असन्तुष्ट समूहले समानान्तर समिति बनाएको हो ।

भदौ १९ गते संघका अध्यक्ष जितेन राई र महासचिब रविन राईद्वारा जारी विज्ञप्तीप्रति संघका पूर्व अध्यक्षद्वय रविन राई र धिरेन्द्र रुम्दालीले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । बन्द सत्रमा सहभागी नभएको उल्लेख गर्दै उनीहरुले केन्द्रीय कार्य समिति चयन गर्ने प्रयोजनको सबैखाले निर्णयमा सहभागी नभएको विज्ञप्तीमा भनेका छन् । विज्ञप्तीमा संघको असहमति र विभाजनलाई चाँढो हल गर्न अनुरोध गरेका छन् ।

किरात राई यायोक्खाका अध्यक्ष दिवस राईले छुट्टै विद्यार्थी संघ घोषणा गरेका रामचन्द्र राई नेतृत्वको विद्यार्थीहरुको मागबारे आफू अनविज्ञ रहेको बताएका छन् ।उनले रामचन्द्र नेतृत्वको विद्यार्थीहरुले आफूहरु असन्तुष्ट हुनुका कारण र आफ्नाे माग कहिल्यै पनि आफूसँग नराखेको दाबी गरे । ‘उनीहरुको कुरा के हो भन्ने त संस्थागत रुपमा आउनुपथ्र्यो होला, उनीहरुले हाम्रो कुरा यो हो भनेर केही भनेका छैनन्,’ अध्यक्ष राईले भने, ‘उनीहरुको न माग छ, न छलफल भएको छ, त्यतिकै बाहिर-बाहिरै गल्तीमाथि गल्ती गरिरहेका छन् ।’

रामचन्द्र राई नेतृत्वको किरात राई विद्यार्थी संघले घोषणा पत्र जारी गरेको छ । घोषणा पत्रमा के छ? (जस्ताको त्यस्तै)

 

११ बुँदे दमक घोषणापत्र

नवगठित समितिको तर्फबाट ‘११ बुँदे दमक घोषणापत्र’ समेत जारी भएको छ ।
जसमा प्रदेश नं १ लाई किरात नामाकरण गराउनका लागि पहिचान पक्षधर राई विद्यार्थीहरुबीच धु्रवीकरण गरिनुपर्ने, प्रदेशबासीलाई गोलबद्ध गर्नुपर्ने, किरात राई विद्यार्थी संघलाई कुनै राजनीतिक दलको भातृसंगठनजस्तो बनाउन नहुने, मातृभाषा शिक्षालाई व्यवहारिक कार्यान्वयन गर्नुपर्ने लगायत उल्लेख छन् ।

प्रारम्भः
किरात राई विद्यार्थीहरुको साझा एवम, स्वतन्त्र एवम गौरवशाली संगठन किरात राई विद्यार्थी संघको मिति २०५६ भदौ १७ गते विधिवत रुपमा स्थापना भएर आज २१ औं स्थापना दिवस मनाइरहेको यो गरिमामय र ऐतिहासिक समयमा छौं । संघका संस्थापक अध्यक्ष नवीन राई हालसम्म राज्य पक्षले बेखबर बेपता पारेकोले सिघ्र सार्वजनिकरणको लागि सरकारसँग जोडदार माग गर्दछौ । साथै किरात राई विद्यार्थी संघ स्थापना गरेर यो अवस्थासम्म ल्याइपु¥याउन अवसर प्रदान गर्नु हुने सम्पूर्ण संस्थापक ज्यूहरु प्रति सम्मान व्यक्त गर्दछौं । किरात राई विद्यार्थी संघ स्थापना कालदेखिनै किरात राईहरुको भाषा, संस्कार, संस्कृतीलाई संरक्षण, सम्वर्धन र प्रवर्धनका लागि निरन्तर लागिरहेको छ । किरात राई विद्यार्थी संघले पहिलो राष्ट्रिय सम्मेलन काठमाण्डौ २०५७ साल, दोस्रो राष्ट्रिय सम्मेलन इलाम २०५९, तेस्रो राष्ट्रिय सम्मेलन धरान २०६२, चौथो राष्ट्रिय सम्मेलन काठमाण्डौ २०६४, पाँचौ राष्ट्रिय सम्मेलन झापा २०६६, छैठौ राष्ट्रिय सम्मेलन काठमाण्डौ २०६८, सातौ राष्ट्रिय सम्मेलन सोलुखुम्बु २०७१, आठौ राष्ट्रिय सम्मेलन इलाम २०७३ मा सम्पन्न भइसकेको छ ।
२०७६ साल बैशाख २६, २७ र २८ गते खोटाङमा सम्पन्न ९औं राष्ट्रिय सम्मेलनले सारा किरात राई विद्यार्थीहरुको भावनालाई मुखरीत गर्न नसकी एकाङकी, जवर्जस्त ढंगले सम्पन्न भएको सर्वविदितै छ । लोकतान्त्रिक प्रक्रिया अवलम्बन गर्ने नाममा फरक विचार राख्ने समुहलाई पूर्णत निषेध गर्ने काम उक्त अधिवेशनबाट भयो । अनावश्यक ढंगले सहमतीको नाममा संगठनका विभिन्न बैठकहरुलाई अनावश्यक लम्ब्याउने, छलफलको प्रक्रियालाई अव्यवस्थित ढंगले निश्कर्षमा पु¥याउन खोज्ने काम भयो । उक्त कार्य किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राईको नेतृत्वमा हुनु दुःखद रह्यो । सम्मेलनमा अहिलेसम्म भइरहेको सहमतिको प्रक्रियालाई अघि नबढाई लोकतान्त्रिक प्रक्रियाको नाममा सोझै निर्वाचनको प्रकृयालाई थालनी गरियो । सम्मेलनमा उपस्थित भएका प्रतिनिधिहरुलाई मताधिकारबाट बञ्चित गर्दै आयोजक समितिबीच मात्र निर्वाचन प्रकृयामा सहभागी गराउने काम गरियो । तसर्थ हामीले यो प्रकृया गलत हो, सहमतिको प्रकृया नै अवलम्बन गर्नुपर्छ भन्दा समेत सो को बेवास्ता गर्दै बलमिच्याईपूर्वक निर्वाचनका नाममा कुनै एक दलको मात्र बर्चश्व हुने गरी संगठन निर्माण गरियो । यसरी बलमिच्याईपूर्वक जुनसुकै मूल्यमा निर्वाचन गर्ने नै भएपछि हामी मत व्यक्त नगर्ने सिद्धान्त ९च्ष्नजत तय लय खयतभ० लाई अवलम्बन गर्दै हामीले निर्वाचन प्रकृयामा असहमति जनायौं । तथापी बन्द सत्रका अध्यक्ष मण्डल निर्मम ढंगले, नाङ्गो हस्तक्षेप गर्दै एकतर्फी रुपले कथित नयाँ कार्यसमिति घोषणा गरियो । हाम्रो प्रश्न छ, के किरात राई विद्यार्थी संघ सबै राई विद्यार्थीहरुको साझा संगठन होइन त ? वा कुनै एक दलमा मात्र आस्था राख्ने विद्यार्थीहरुको मात्र हो ? यही प्रश्न हामीलाई तमाम किरात राई विद्यार्थीहरुले गरिरहेका छन् ।
हामीलाई के विश्वास थियो भने यस संगठनका पूर्व अध्यक्ष समेत रहनु भएका तथा किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष एवं नवौं राष्ट्रिय सम्मेलनको उद्घाटन तथा बन्द सत्र समेतका प्रमुख अतिथि दिवस राई ज्यूले हामी जसरी पनि मिलाउँछौं भन्ने आश्वासन दिइरहनु भयो । सोही आशा र भरोसामा रहँदा उहाँले हाम्रो आशा र भरोसालाई लात मार्दै सहमतिको प्रकृयालाई अवरुद्ध गर्दै आफ्नो निकटको संगठन निर्माण गर्नुभयो । यसो हुँदा समेत हामीले धैर्यतापूर्वक प्रतिक्षा गर्यौं कि पक्कै पनि किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष ज्यूले भन्नु भएजस्तै समस्यालाई समाधान गर्न पहल गर्नुहोला । तर उहाँले त यसलाई समस्याका रुपमा लिनु भन्दा पनि आफ्नो अभिष्ट पूरा भयो भन्ने मानसिकता बोक्दै हाम्रो मागलाई बेवास्ता गर्नुभयो, अहिले पनि गरिरहनु भएकै छ ।
हामीले यसबारे व्यापक समीक्षा गर्यौं । हाम्रो अभिभावक संगठन किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राई लगायतका नेताहरु समक्ष राख्यौं । तर हाम्रो कुरालाई बेवास्ता गरियो । तर ती सबै वेवास्ताहरु भन्दा पनि समग्र न्यायप्रेमी किरात राई विद्यार्थीहरुको भाग्य र भविष्यलाई हामीले प्रधान विषयका रुपमा लियौं । र नै किरात राई विद्यार्थी संघलाई बचाउने अभियान अन्तर्गत हामीले किरात राई विद्यार्थी संघलाई पूर्णता दिन आजको भेला मार्फत् किरात राई विद्यार्थी संघको केन्द्रीय समिति घोषणा गर्ने निर्णय गरेका छौं ।
निष्कर्षः
किरात राई विद्यार्थी संघको ९ औं राष्ट्रिय सम्मेलनमा जुन रुपले संस्थापक, पूर्व अध्यक्ष, जिल्ला प्रतिनिधिहरुलाई निषेध गरि एकलौटि रुपमा आफ्नो विचार, समुहको विद्यार्थीहरुलाई समेटी अपूर्ण समिति निर्माण गरियो । यसले आम किरात राई विद्यार्थीहरुको भावना, मर्म र आस्था माथि ठुलो घात पुगेको छ । बहुसंख्यक जिल्लाहरु केन्द्रिय समिति नरहनु, पर्यवेक्षकलाई प्रतिनिधिको रुपमा बन्दसत्रमा प्रवेश गराई केन्द्रिय समितिमा राख्ने, गैरकिरात राई समुदायलाई बन्द सत्रमा प्रतिनिधि बनाई राख्ने, जिल्लाको आधिकारिक प्रतिनिधि भन्दा अन्यलाई समितिमा राख्ने, मनोनयन दर्ता नगर्नेलाई पनि समितिमा राख्ने, संगठन नै नभएको सोलुखुम्बु जिल्लाबाट ४० जना भन्दा बढी प्रतिनिधीहरुलाई बन्द सत्रमा सहभागी गराइनु, किरात राई विद्यार्थी संघले विगतमा अपनाउँदै गरेको पद्धति भन्दा फरक र आफु अनुकुल बन्दसत्र संचालन गरी निर्माण गरिएको समितिले आम किरात राई समुदायको भावनामाथि ठेस पु¥याएको छ । यतिका गलत प्रक्रिया र पद्धति अपनाई बनेको समितिले आगामी दिनमा किरात राई विद्यार्थीहरुको पक्षमा र किरात राई यायोक्खाले अवलम्बन गरेको मुद्दाप्रति कुनै काम गन सक्र्ने छाँटकाँट देखिन्दैन । किरात राई विद्यार्थी संघमा भएको गलत काम र गलत सोचलाई चिर्न र आम किरात राई विद्यार्थीहरुको पक्षमा काम गर्न सक्ने असल, साझा र स्वतन्त्र संगठन निर्माण गर्न वर्तमान आवश्यक्ता रहेको छ । किरात राई विद्यार्थी संघको गरिमालाई उच्च राख्न, सबै जिल्लाहरुलाई समेट्न, सबै विचारहरुलाई समावेश गराउन, किरात राई यायोक्खाको मुद्दालाई सशक्त बनाउन र समग्रमा किरात राई विद्यार्थी संघलाई साझा, स्वतन्त्र र लोकप्रिय संगठन बनाउनका लागि समग्र किरात राई विद्यार्थीहरुको भेला गरी, संगठनलाई थप उचाई दिनका लागि दमक घोषणा पत्र जारी गर्दै, किरात राई विद्यार्थीको लोकप्रिय नेता रामचन्द्र राईको नेतृत्वमा किरात राई विद्यार्थी संघलाई गठन गरेको घोषणा गर्दछौं ।

किरात राई विद्यार्थी संघ केन्द्रिय समितिको नामवलीः

१. अध्यक्ष ः रामचन्द्र राई
२. उपाध्यक्ष ः सुसन रुङमाहाङ राई
३. उपाध्यक्ष ः सपना राई
४. महासचिव ः अञ्जिलहाङ किराती
५. सचिव ः अशोक राई
६. सचिव ः याम बाङदेल
७. कोषाध्यक्ष ः रमला राई
८. सहकोषाध्यक्ष ः रोशन राई
९. संगठन विभाग प्रमुख ः झिल खिम्बुले राई
१०. प्रशिक्षण विभाग प्रमुख ः अन्वेश थुलुङ
११. शैक्षिक विभाग प्रमुख ः सुशिला निनाम राई
१२. प्रचार प्रसार विभाग प्रमुख ः केशर थुलुङ
१३. महिला विभाग प्रमुख ः सिल्पा राई
१४. स्वयवसेवक विभाग प्रमुख ः ओपेन्द्र राई
१५. अतिरिक्त विभाग प्रमुख ः चन्द्र किराती
१६. भाषा धर्म तथा संस्कृती प्रमुख ः कृष्ण राई
१७. विदेश विभाग प्रमुख ः सुनिल हताछो
१८. अनुशासन विभाग प्रमुख ः पणन राई
१९. साँस्कृतिक विभाग प्रमुख ः जितेन साम्पाङ
२०. सदस्य ः प्रतिक्षा राई
२१. सदस्य ः सुर्य स्माइल राई
२२. सदस्य ः ऋषि राई
२३. सदस्य ः पुष्पा राई
२४. सदस्य ः अन्नत राई
२५. सदस्य ः विन्दु मुकारुङ
२६. सदस्य ः सजिना राई
२७. सदस्य ः करुणा राई
२८. सदस्य ः रोशन राई खोटाङ
२९. सदस्य ः इशाहाक राई
३०. सदस्य ः अरुण राई
३१. सदस्य ः बिना राई
३२. सदस्य ः शोभा राई
३३. सदस्य ः वबिन राई
३४. सदस्य ः अजय राई
३५. सदस्य ः निशान किराती
३६. सदस्य ः सुसन राई
३७. सदस्य ः भुमिका राई
३८. परिषद सदस्य ः शोभा राई (इलाम)
३९. परिषद सदस्य ः रजनि राई (उपत्यका)
४०. परिषद सदस्य ः सन्तोष राई (उपत्यका)
४१. परिषद सदस्य ः विमोस राई (उपत्यका)
४२. परिषद सदस्य ः सुभाष राई (सुनसरी)
४३. परिषद सदस्यः युवराज राई (सुनसरी)
४४. परिषद सदस्य ः अस्मिता राई (सुनसरी)
४५. परिषद सदस्य ः सुदिका राई (उदयपुर)
४६. परिषद सदस्य ः देवीका राई (उदयपुर)
४७. परिषद सदस्य ः पुनम राई (ओखलढुंगा)
४८. परिषद सदस्य ः जयन्ती राई (खोटाङ)
४९. परिषद सदस्य ः राजन राई (पाचथर)
५०. परिषद सदस्य ः रिना राई (ताप्लेजुङ)
५१. परिषद सदस्य ः आसा राई (ताप्लेजुङ)
५२. परिषद सदस्य ः इशा राई (मोरङ)
५३. परिषद सदस्य ः विनिता राई (झापा)
५४. परिषद सदस्य ः सपन थुलुङ राई (सोलुखुम्बु)
५५. परिषद सदस्य ः पुजना राई (भोजपुर)
५६. परिषद सदस्य ः निशान राई (संखुवासभा)
५७. परिषद सदस्य ः कृष्णा राई (धनकुटा)

दमक घोषणापत्र २०७६

१. पहिचानसहितको किरात स्वायत्त राज्य निर्माणका लागि पहिचान पक्षधर किरात राई विद्यार्थीहरुको ध्रुवीकरणलाई तीव्रता दिऔं ।
२. “१ नं प्रदेश किरात प्रदेश” निर्माण गर्न सबै १ नं. प्रदेशवासीलाई गोलबद्ध गरौं ।
३. किरात राई विद्यार्थी संघलाई कुनै पनि राजनीतिक संगठनको भातृसंगठन बनाउने षडयन्त्रको अन्त्य गर्दै जबर्जस्त संगठनलाई कुनै पनि पार्टीको दास बनाउने झुण्डहरुको भण्डाफोर गरौं ।
४. मातृभाषाको शिक्षालाई व्यवहारिक कार्यान्वयन गर्न विद्यालयस्तरमा शिक्षक दरबन्दी कायम गर्न दवाब सृजना गरौं ।
५. धर्म निरपेक्ष राज्यमा भईरहेको अति हिन्दूवादी गतिविधिको भण्डाफोर गर्दै धर्म निरपेक्ष राज्यलाई व्यवहारिक कार्यान्वन गर ।
६. लोकसेवा आयोगले आव्हान गरेको असमावेशी दरबन्दीलाई खारेज गर्दै समावेशी आधारमा लोकसेवा आयोगको परीक्षा कायम गर ।
७. चरम रुपमा भएको मूल्यवृद्धिलाई तत्काल समायोजन गर ।
८. सबैखाले शैक्षिक संस्थाहरुमा समावेशी सिद्धान्तका आधारमा भर्ना कोटा निर्धारण तथा छात्रवृत्तिको व्यवस्था गर ।
९. राज्य आतंकको रुपमा रहेको भ्रष्टाचार, कमिशनतन्त्रलाई तत्काल नियन्त्रण गर्दै भ्रष्टाचारी र कमिसनखोरहरुलाई कारवाही गर ।
१०. किरात राईहरुको साँस्कृतिक गढीगौडालाई राज्यले संरक्षण गर ।
११. काश्मिरमा भईरहेको मानव नरसंहारलाई तत्काल बन्द गर्न पहल गर ।

मिति २०७६÷०५÷१८
दमक, झापा

सम्बन्धित खवर